२०७८ असोज ११, सोमवार

पूर्व कप्तान पारसको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने

साउन २४, २०७८  | १९० पटक पढिएको

२४ साउन, काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान पारस खड्काको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ ।

७७ पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

पूर्व कप्तान पारसले हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस