२०७९ माघ २१, शनिबार

‘कलंक’ को असफलताबारे वरुण के भन्छन् ?

बैशाख १८, २०७६  | १७०८ पटक पढिएको

यस वर्षको मोस्ट अवेटेड फिल्म मध्येको एक ‘कलंक’ बक्सअफिसमा नराम्रोसँग डुबेको छ । छायांकको बेलादेखि नै फिल्मको निकै चर्चा थियो, तर कमजोर कथाले दर्शकलाई आकर्षित गर्न सकेन । मेकर्सदेखि स्टारकास्टसम्म फिल्मको असफलतालाई लिएर निकै दुःखी छन् । हालै अभिनेता वरुण धवनले फिल्म फ्लप भएपछि आफू निकै टुटेको बताएका छन् ।

फिल्म फ्लप भएका कारण उनी यति धेरै तनावमा थिए कि, आफ्नो बर्थडेको प्लानिङ समेत गरेका थिएनन् । तर, उनका साथीले उनको बर्थडे खास बनाए । बर्थडे सेलिब्रेट गरेपछि वरुणले एक भिडियोमार्फत् ‘कलंक’ को असफलताको बारेमा आफ्नो भनाई राखेका छन् । उनले आफूले सोचेजस्तो फिल्म नचलेका कारण निकै दुःखी भएको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्, ‘केही दिन अगाडि मेरो ३२ औं बर्थडे थियो, तर मेरो हालै रिलिज भएको फिल्म राम्रो नचलेपछि म निकै निराश भएको थिएँ । साँच्चै भन्नुपर्दा यसबाट म निकै दुःखी भएको छु । हुनत, असफलता पनि जिन्दगीको एक हिस्सा हो । म आफ्नो बर्थडे मनाउने सोचमा थिइनँ । यद्यपि, साथीहरुले मेरो बर्थडे खास बनाइदिए ।’

‘कलंक’ मा वरुणका अलावा आलिया भट्ट, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर, माधुरी दीक्षित र सञ्जय दत्तलगायतका कलाकारहरुको अभिनय छ । ठूला स्टार भए पनि दर्शकलाई फिल्म खासै मन परेन । १७ अप्रिलमा रिलिज भएको फिल्मले अहिलेसम्म ७५ करोडको आसपासमा व्यापार गरेको छ । यस फिल्मका निर्देशक अभिषेक वर्मन हुन् । Agency

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस