२०७९ जेठ २, सोमवार

मन्त्री विस्तार चाँडै गर

साउन २०, २०७८  | २४१ पटक पढिएको

नयाँ सरकार गठन भएको पनि झण्डै एक महिना हुन थाल्यो । सरकारका लागि मन्त्री विस्तारमा गठबन्धन दलहरुले आफ्नै दलमा पनि मिलाउन सकेका छैनन् ।

केही दिन अगाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ४९ जना सभासद् नै मन्त्री बन्न दवाव दिएको पनि सार्वजनिक गरेका थिए । उता नेपाली कांग्रेसका पनि कसलाई मन्त्री बनाउने भन्ने भित्रभित्रै किचलो देखिन्छ । यसरी हेर्ने हो भने यहाँ सरकारलाई चलाउन या केही गर्न जानेभन्दा पनि केही कमाउन जान थालेका हुन की जस्तो देखिन्छ ।

हामीले प्रायः धेरैजसोको मन्त्री बनेको अनि आफ्नो मन्त्रालय चलाएको पनि देखेका छौं । तर जनताका लागि उपलब्धिमूलक कार्य भने विरलै गरेका छन् । जसले जनताको लागि काम गरे ऊ अर्को पटक मन्त्री बन्ने सम्भावना कम देखिन्छ । काम गर्नेलाई फेरि सरकारमा ल्याउन चाँहदैनन् । किन ल्याउन चाँहदैनन् त्यो भने रहस्यनै छ । तर प्रत्येक पटक मन्त्री विस्तार हुने समयमा धेरैको चहलपहल हुने गरेको छ ।

यताकता चिया गफमा सुन्ने पनि गरिएको छ । सबै आफ्नै दुनो सोझ्याउन जाने हुन । किनकी देश र जनताका लागि हो भने वास्तवमा त्यहाँ पुग्नै पर्दैन । जनताका लागि काम गर्नलाई कसले रोकेको छ र ? हो वास्तवमा मन्त्रीमोह धेरै सभासदलाई भएको देखिन्छ । उनीहरुको सोचाई नैं के कसरी कमाउने भन्ने देखिन्छ, विगतलाई पनि हेर्ने हो भने ?

विगतदेखि जो जति पटक मन्त्री भए प्रधानमन्त्री भए उनीहरुको जीवनशैली हेर्ने हो भने पनि धेरै फरक देखिन्छ । यसको कुनै लेखा जोखा हुँदैन र भएको पनि छैन । साँच्चिकै भन्ने हो भने किन यसरी मरिहत्ते गरेका हुन्छन् त सरकारमा जान अनि मन्त्री हुनलाई ? यसको जवाफ तथ्यगतरुपमा कोहीसँग छैन । बाहिरी सतहरुपमा त धेरै उत्तर छन् । हो कर्मचारीतन्त्रले चलाएकोभन्दा अहिले जनप्रतिनिधिले चलाएको तह पनि असाध्यै कमजोर देखिन्छ । हो यि र यस्तै यस्तै लाभ नैं सरकार अनि मन्त्री हुनेमा देखिएको हुन्छ । आम जनमानसमा पनि यही प्रश्न उब्जिएको छ ।

अब अझैं पनि मन्त्री विस्तारमा ढिलाई गर्ने हो भने आर्थिक चलखेल हुन सक्ने देखिन्छ । यसतर्फ बेलैमा सोच्ने हो की ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस