२०७९ माघ २४, मंगलबार

स्वादिलाे नारामा सीमित दिवस

बैशाख १८, २०७६  | १५९४ पटक पढिएको

हाम्राे सानाे देशमा असङ्ख्य सांसद छन् । थाेरै अाय भएका जनताले भसक्कै करकाे भारी तिर्छन् । देशमा कलकारखाना खुलेकै छैनन् । मजदुर दिवस भव्यताका साथ मनाइन्छ । कताकता भाङ्राेकाे गादाेमा गुहेँलाकाे फुल सिउरेजस्ताे लाग्छ । नारा पनि कति मिठाे छ ,”विश्वका मजदुर एक हाैँ “। नेता गुटमा विभक्त छन् , उपगुटमा जेल्लिएका छन् , तिनैले नारा बाँडेका छन् -“एक हाैँ ।” कस्ताे जिस्किएझैँ लाग्छ ।

मजदुर कहिल्यै एकजुट हुनै सक्दैन । मजदुरलाई गफ गर्ने फुर्सद कहाँ हुन्छ ? मजदुर अाफ्नै नुन-पानी जुटाउन सुस्केरा हालिरहेकाे हुन्छ, उसले कसरी टुडिखेलकाे माइकमा गर्जना गर्न सक्छ ? फेरि नेपालमा काे हाे मजदुर ? अाफ्नै देशमा काम नपाएर खाडीमा हड्डी घाेट्न सबै गइसके । कसका लागि हाे याे दिवस ? लाग्छ याे सबै एउटा प्रपञ्च हाे , अथवा मान्छे भड्काउने विषालु शब्द हाे । काेरियनहरू १८घन्टा काम गर्छन् र देशलाई उन्नत बनाउँछन् । जापनिजहरू बिहे नै गर्न भुलेर २० घन्टा काम गर्छन् र अाफूलाई सम्पन्न बनाउँछन् । यहाँ कामकाे बढाेत्तरी छैन । कामदारलाई फकाउने मन्त्र फुकिएकाे छ ,कताकता लाजले भुतुक्क हुने क्या ! कस्ताे लाेकप्रिय नाराकाे विकास भएकाे छ । ८ घन्टा काम,८ घन्टा अाराम र ८ घन्टा मनाेरञ्जन । जुन देश सम्पूर्ण रूपमा परनिर्भर छ, त्यही अाराम र विश्रामकाे झट्ट खाेजी छ । संसारका खराब अादर्शकाे अनुकरण हाम्रै देशमा हुन्छ । राम्रा चिन्तन सधैँ असफल हुन्छन् । प्रजातन्त्र संसारभरि राम्रै माैलाएकाे छ, हाम्राे देशमा “शिशु प्रजातन्त्र ” भन्दाभन्दै मर्याे । फेरि छिमेकीकाे गणतन्त्र लाेभ लाग्दाे देखियाे । हामी त्यतै हुर्रे ! र बकप् ! गर्न थाल्याैँ । यसकाे नशा पनि उत्रिन थालिसक्याे । गणतन्त्र अहिले “कमिलालाई मुतकाे पहिराे” हुन थालिसकेकाे छ । याे भूमि यति रूखाे छ कि यहाँ कुनै विचारले फल लगाउनै सक्दैन ।
वास्तवमा गरिब देशमा धनी विचार अभिशाप नै हुन्छ ।

मजदुर दिवसकाे कुरा गर्दा नेपाली मजदुरकाे चरित्रकाे पर्दाफास गर्न मन लाग्छ । नेपाली मजदुर कहिल्यै सुखी हुन सक्दैनन् चाहे लालमनजस्ता रसिला नारा किन नहाेऊन् । यसका प्रमुख दुई कारण छन् । पहिलाे हाे यहाँ राेजगारदाता हराम छ । ऊ एक्लै धनी बन्न चाहन्छ । ऊ मजदुरकाे मजबुरीमा अाफ्नाे विवेक मार्छ । अर्काेतर्फ मजदुर कपटी छ, अालस्यमा छ र कामचाेर छ । पारिश्रमिककाे कदर गर्न जान्दैन । ऊ सित्तैमा तलबभत्ताकाे हकदाबी गर्न चाहन्छ । यसकाे प्रमाण पेस गर्ने इजाजत माग्छु । एक पटक एउटा मजदुरमैत्री नारामा रमाउने गाउँले दाजुले प्युठानकाे बाटाे बनाउने ठेक्का लिएका रहेछन् । उनकै मुखबाट सुनेकाे हुँ । गफ दिएकाे हाेइन । उनले नेपाली मजदुरलाई उक्त काममा खटाएछन् । अनुमानित रकम र समयकाे गणना गर्दै जाँदा उनी अाफै टाँटपलङ हुने स्थिति अाएछ । नेपाली कामदार त कर्तव्यप्रति कहिल्यै बफादार हुन सक्दैनन् । उनीहरूलाई एक्लै पिसाब लाग्दैन । पिसाब त सरुवा राेग भइहाल्छ । एउटा जाँदाे रहेछ, अर्काे जाँदाे रहेछ । फेरि चुराेट पनि सल्काउनै पर्याे ।

एउटाले सल्काएकाे ठुटाे समाउन अर्काे अायाे ,अर्काे अायाे । यस्तै यस्तै महामारीकाे सङ्क्रमण पसेपछि ठेक्कामा घाटा लाग्ने स्थिति अाएछ । घाेषित समयसरणीमा सम्पन्न गर्नुपर्ने काम ढिलाे हुन गई ठेकेदारले उल्टै सरकारलाई क्षतिपूर्ति दिनुपर्ने हालत अाइलागेछ । पछि कुनै शुभचिन्तकले उनलाई गजबकाे सल्लाह दिएछन् । मित्रले भनेछन्,-” तपाई यी सबै कामदारलाई अाजै बाई बाई गर्नुस् र खुरुक्क भारतकाे नानपारा जानुस् । त्यहाँ एउटा भैयालाई समातेर मजदुर ल्याउनुस्, तपाईं घाटामा जानुहुन्न ।” ठेकेदार दाजैले “लाै त नि” भनेर अनुसरण गरेछन् । नभन्दै उनले समयमै काम सिध्याएर अलिकति मुनाफा समेत कुम्ल्याउन भ्याएछन् । याे घटनाबाट के बुझिन्छ भने हाम्रा मजदुरमा इमान छैन, समयकाे मूल्यवत्ता बाेध छैन । मैले देशकाे निम्ति काम गरेकाे छु भन्ने गाैरव छैन । यहाँ त श्रमदाता र श्रमिकका बीचमा प्रतिद्वन्द्विता पाे छ । शत्रुवत् व्यवहार छ । अर्काे महत्त्व कुरा- हाम्राे मजदुर दुई दिन काम गर्छ, चार दिन रक्सी खाएर बिताउँछ । काम गर्छ त्याे ज्यालाले अार्जनकाे अर्काे गाेरेटाे खाेज्दैन बरू दायित्वमा खर्च गर्छ । भन्न खाेजेकाे के भने महिना दिन काम गरेर कमाएकाे पैसाले राम्राे माेबाइल किन्छ, जिन्स किन्छ, चस्मा किन्छ, घडी किन्छ रक्सी खान्छ, । यी सबै कुराले मजदुरलाई कहिल्यै धनी बनाउँदैन । त्यस्तै अनुशासन त पटक्कै छैन मजदुरमा । समयमा नअाउनु , चाँडै भाग्न खाेज्नु सुर्ती चुराेटकाे बहानामा रम्नु र निर्माण सामग्रीकाे लापरवाही प्रयाेग गर्नु उनीहरूका जन्मसिद्ध अधिकार भएका छन् । रिसका पाेका भरेका छन् तिनले । काठमाडाैँमा एक भतिजले अाफ्नाे घर बनाउँदै थिए । एउटा मजदुरलाई उनले अल्लि चर्काे बाेलिहाले । बाेल्नुपर्ने कारण पनि थियाे ।

मजदुर त फायर भइहाल्याे बा ! ठेकेदारले भतिजलाई के भन्छ -” सर बरू मेराे गालामा थप्पड हिर्काउनुहाेस्, उसलाई केही नभन्नुहाेस् । जे भन्नुपर्छ म भनुँला ,नत्र भाेलिदेखि ऊ काम गर्न अाउँदैन ।” हेर्नुहाेस् त स्थिति बिग्रेकाे । राेजगारदाता कामदारसँग यतिविधि भयातुर हुनुपर्ने । जसले काम दिएर उसकाे घरमा माम पाक्छ उही बाघ हुने देश त नेपाल पाे रहेछ । उसका गल्तीलाई टुलुटुलु हेरेर बस्नुपर्ने रे । अब याे स्थितिमा न मजदुरले कहिल्यै सहानुभूति पाउँछ , न ऊ धनी बन्दछ । नेपालमा लगानीकाे वातावरण बन्न नसक्नु र उद्याेगधन्दाकाे विकास नहुनुमा याे पनि एउटा कारण हाे । मिठाे नारा बाँड्ने र भाेट बैँकका रूपमा मजदुरलाई प्रयाेग गरेपछि तिनमा कर्तव्यभन्दा बढी अधिकार हाबी हुन गएकाे छ । यसले कामकाे गुणस्तरमा ह्रास त ल्याएकै छ, साथै अार्थिक क्रियाकलाप पनि मन्द हुन जान्छ । अन्तत: स्वदेशमा काम नपाइने परिस्थिति बन्दै जाँदा फेरि खाडीका कुनाकुनामा अलपत्रिनुपर्ने नियति अाउँछ । अनि फेरि अर्काे क्रन्दन सुरु हुन्छ – “देशले बाँच्न पनि दिएन, मर्न पनि दिएन ।” त्यसैमा ज्ञउटा दलले अाफ्नाे राजनीतिकाे ढ्याब्रे राेटी सेक्न थालिहाल्छ । उफ् ! कस्ताे विडम्बना देशकाे !

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस