२०७९ जेठ २, सोमवार

फोरलेन चाँडै बन्न सकोस्

साउन १३, २०७८  | ३५४ पटक पढिएको

यतिबेला फेरि विशेषतः दाङका बासिन्दाहरुले अब चारलेन सडक बन्छ की भन्ने आशा गरेका छन् । यो चारलेन सडक निर्माणका क्रममा दङ्गाली जनताले धेरैनैं सास्ती खेप्नु परको छ । घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधनहरु प्रायःजसो दुर्घटना भएका छन् र कतिले त ज्यानै गुमाएका पनि छन् ।

सम्झौताअनुसार सडक निमार्ण भएको भए सायद यतिबेला लगभग काम सम्पन्न हुन्थ्यो होला तर विभिन्न कारणको ढिलाइले सडक निर्माणको काम अगाडी बढ्नै सकेन । यतिबेला फेरी नयाँ ठेकेदारले जिम्मा लिएको छ । १८ महिनामा काम सम्पन्न गर्ने भनेको छ । काम समयमा सम्पन्न हुन्छ या हुँदैन त्यो भने केही महिनामै केही न केही आकार आइहल्छ नैं ।

दाङमा विकास निमार्णका काम गुहारखोला पुल बाहेकका काम समयममा सम्पन्न भएका देखिंदैन । कतिपयको त गुणस्तरमै प्रश्नचिन्ह खडा भएको छ । समयमा विकास निर्माण काम सम्पन्न नहुने अनि गुणस्तरहीन हुने हुँदा पनि दङ्गाली जनताहरुलाई ठुला बिकासका कामप्रति हेर्ने नजर फरक नैं भैसकोको छ ।

हामी पनि कतिपय स्थानमै अवरोध गर्न पनि पछि पर्दैनौं । कुनै स्थानमा विकासको लागि बजेट आउँछ भने उक्त बजेटलाई नैं काम गर्न नदिएर फिर्ता पनि पठाउछौं । संकिर्ण सोचाईका कारण वास्तविकतामा हेर्ने हो भने दाङ जिल्लामा सडक सञ्जालमा पछिनैं परेको छ । घोराहीदेखि संक्राम रक्षाचौर सडक पनि सूस्त गतिमा निर्माण भैरहेको छ । उक्त सडक चाँडै बनेमा घोराही तुलसीपुर सडक निर्माणमा सहज हुन्थ्यो । सवारी साधानको पनि चाप कम हुन्थ्यो । त्यसैगरी दाङको दक्षिणतिर बबई तिरैतिर जाने सडक दामोदर मार्ग पनि चाँडै बन्न सक्यो भने पनि यो मध्य भाग घोराही–तुलसीपुर सडकमा सवारीचाप धेरैनैं कम हुन्थ्यो ।

यी ठुला सडक हुन् । यी सडक अहिलेनैं चारलेनसहित बनाउन सक्ने हो भने दाङ जिल्लामा दुर्घटनामा पनि न्यूनीकरण गर्न सकिन्छ । अहिले त प्रायःजसो दुर्घटना भैरहेका हुन्छन् । सवारी साधन धेरै, भएको सडक निर्माणकै क्रममा छ, सडकका बिचबिचमा ड्राइभर्सन, जसले गर्दा दैनिक साना सवारी साधानमा आवत जावत गर्नेलाई धेरै सास्ती छ ।

समग्रमा भन्ने हो भने अहिले सबैको नजर तथा अत्याधिक सवारी साधान आवतजावत गर्ने सडकनै यो घोराही तुलसीपुर सडकनैं हो । यो १८ महिनमा सम्पन्न गर्ने भनेता पनि धेरैले त्यति विश्वास गर्न सकेका छैनन् । उनीहरुलाई कसले जिम्मा लियो या लिएन त्यसको कुनै चासो पनि देखिदैन तर भनेको समयमा सडक निमार्ण भयो भनेपछि बल्ल विश्वस्त रहन्छन् । त्यसैले सबै क्षेत्रबाट उक्त सडक निमार्णका लागि सहज वातावरण निमार्ण गरि फोरलेन सडक चाँडै बन्न सकेस् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस