२०७९ माघ २४, मंगलबार

हिट चलचित्रको सिरिज बनाए, चल्दो रहेछ ?

बैशाख १७, २०७६  | १३८४ पटक पढिएको

अहिले अधिकांस चलचित्रहरु नचलिरहेको अवस्थामा सिक्वेलले भने राम्रो व्यापार गरेको अवस्था रहेको छ । २०७५ साललाई फर्केर हेर्ने हो भने पनि धेरै चलचित्रले लगानी सुरक्षित गर्न सकेका छैनन् । तर सिक्वेल (सिरिज) को थिम बोकेका चलचित्रहरु भने बम्परले चलेको रेकर्ड छ । नेपाली चलचित्र बजारमा एउटा चलचित्रले ५ वटा सिरिज बनाएको रेकर्ड पनि छ ।

सुरुमा कुरा गरौ चलचित्र नाई नभन्नु ल ५ को , यो चलचित्र गत वर्षको भदौमा रिलिज भएको चलचित्र हो जुन हिट चलचित्रको सुचिमा छ । नाई नभन्नु ल हुदै ५ सिरिज सम्म पुग्दा सबै सिरिजले उत्कृष्ट ब्यापार गरेका छन ।
यस्तै गत वर्षमा रिलीज भएको चलचित्र छक्का पञ्जाको सबै सिरिजले नेपाली चलचित्र बजारमा राम्रो व्यापार गरेका छन । नाई नभन्नु ५जस्तै छक्का पञ्जा ३ ले पनि अधिल्ला सिरिजको नाम मात्रै सापटी लिएको हो ।

चलचित्र प्रेम गित २ ले पनि नेपाली चलचित्र बजारमा धुमधाम ब्यापार गरेको चलचित्र हो । हिट चलचित्र प्रेम गितको नाम सापटि लिएर बनाईएको चलचित्र प्रेम गित २ राम्रो चल्यो । अहिले यसको अर्को सिरिज बनिरहेको बताईएको छ ।

यस्तै गएको चैत महिनामा रिलिज भएको चलचित्र ए मेरो हजुर ३ ले पनि नेपाली चलचित्र बजारमा तहल्कानै पिटिरहेको छ । यो चलचित्रले ५१ दिन मनाउने सम्भावना रहेको बताईएको छ ।

ए मेरो हजुर टाईटल बाटै चलचित्रले पछाडी २ र ३ थपेर बक्स अफिसमा हिटको सुचि पाएको छ ।
यि चलचित्र चल्नुको मुख्य कारण पहिलेनै चलचित्रको टाईटल राम्रो चलेकै कारण सिरिज चलेको हो । अधिकांस सिरिजमा नयाँ कलाकार भएता पनि चलचित्र चलेका छन । किनकि ब्रान्डनै बिकेको हो । दर्शकलाई पहिला चलेको चलचित्र हो र यो व्यानर र मेकरले चलचित्र राम्रो बनाउछ भन्ने छाप पर्नाले पनि चलचित्र चलेको पाईएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस