२०७९ जेठ २, सोमवार

वडा स्तरीय फुटबल प्रतियोगितामा टिकरी विजयी

साउन ०६, २०७८  | २६३ पटक पढिएको

लक्ष्मण बस्नेत, ०६ साउन, तुलसीपुर ।

दाङ तुलसीपुर ८ को अश्वारामा संचालित वडा स्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधी टिकरी युथ क्लबले जितेको छ।

अश्वारा युथ क्लव तुलसीपुर ८ को आयोजनामा माबी अश्वाराको खेल मैदानमा सम्पन्न फाईनल खेलमा बि।वाई।सि युथ क्लब बुटुनियालाई शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै टिकरी युथ क्लब ले उपाधी जितेको हो।

उपाधिसँगै उसले नगद १२ हजार १ सय तथा प्रमाणपत्र हात पार्‍यो। फाईनलमा सम्मानजनक हार ब्यहोरेको बि।वाई।सी। उपबिजेतामा सिमित रहदै नगद ५ हजार १ सय र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। स्थानीय स्तरका दर्शकहरुको शानदार उपस्थितिमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको ५५ औ मिनेटमा जर्सि नं ४० का समीर डाँगीले गरेको गोल नै निर्णायक गोल सावित भयो। प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा देब राज बस्नेत, नवीन सेन ठकुरी र बिवेक खड्का रहेका थिए।

साउन १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो। यसैबीच प्रतियोगिताको समापन समारोह अश्वारा युथ क्लबका अध्यक्ष प्रबिन सेन ठकुरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ८ का वडा अध्यक्ष बेद बहादुर केसीको प्रमुख आतिथ्य एवं खेलप्रेमी युवा समाजसेवी किरण बहादुर शाह र नारायण भट्टराई को बिशिस्ट आतिथ्यमा भएको थियो।


समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताए। मानव स्वास्थ्यसंगै राष्ट्रको शान र गौरव उच्च राख्ने एक दरिलो माध्यम खेलकुद नै हो यसर्थ यो जीवनको अभिन्न अंग हो उनले भने। उनले उच्च आदर्शलाई खेलाडीले आत्मसात गर्दै अनुशासन पुर्वक खेल खेल्न आग्रह गरे।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका स्वकीय सचिव धर्म ओली, समासेवी जुद्ध बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए। सो अबसरमा प्रतियोगिता अबधिभर सात गोल गर्ने टिकरी युथ क्लबका क्याप्टेन जर्सी नं ११ का सन्दिप बिकलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो।


श्रीधर साहुको स्वागत रहेको कार्यक्रमको संचालन गङ्गा राम बस्नेतले गरेका थिए।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस