२०७९ माघ १३, शुक्रबार

तुल्सीपुर उपमहानगर भित्रका विद्यालय मर्ज अभियान, तेह्र सामुदायिक स्कुलमा कक्षा स्थगन

बैशाख १७, २०७६  | १५८३ पटक पढिएको

खेमराज रिजाल
तुलसीपुर, १७ बैसाख । तुलसीपुर उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि उपमहानगरपालिका भित्रका १३ प्रार्थमिक विद्यालयहरुमा कक्षा स्थगन गरेको छ । मंगलवार उपमहानगरका संपुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाइ भेला गराइ कक्षा स्थगनको घोषणा गरेको हो । विद्यालयमा विद्यार्थिसंख्या बढाउन तथा भौतिक सुधारकालागी उपमहानगरपालिकाले अघिल्लो बर्षनै समयसिमा दिंदा पनि विद्यालयमा विद्यार्थि संख्यामा बृद्धि हुन नसकेपछि कक्षा स्थगन गरिएको हो । कक्षा स्थगनको घोषणा गर्दै नगरप्रमुख घनश्याम पाण्डे शैक्षिक सुधारका सवालमा कडारुपमा प्रस्तुत समेत भएका छन् ।

कक्षा स्थगन गरिएपनि ती विद्यालय भएका स्थानहरुमा शिशु कक्षाहरु भने चलिरहने छन् । कक्षा १ देखि आवस्यक विद्यार्थिसंख्या भर्ना हुने अवस्था आएमा ती विद्यालयहरुलाइ स्वतः कक्षा अपग्रेड गरीने गरी हालैको नगरसभाले नगर शिक्षा ऐन समेत पारीत गरीसकेको छ । कक्षा स्थगन भएका विद्यालयका विद्यार्थिहरु नजिकैको अर्को सामुदायिक विद्यालयमा जाने छन् । विद्यालय स्थगन भएपनि अन्य विद्यालयमा जाने विद्यार्थिहरुलाइ बढिमा दुइ किलोमिटर वा पैदलका हिसावले आधा घण्टा मात्र हिड्नुपर्ने छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रधानाध्यापक भेलामा ती विद्यालयहरुमा कक्षा स्थगनको घोषणा गरेका थिए ।
‘हामी तुलसीपुरलाइ शिक्षाको इपिसेन्टर बनाउन चाहन्छौं, त्यसकालागी उपयुक्त स्थानमा उपयुक्त समयमा उपयुक्त पात्र पुग्नै पर्छ’, नगरप्रमुख पाण्डेले भने । साथै उनले कक्षा स्थगनमा परेका विद्यालयहरुका शिक्षक व्यवस्थापन, पदस्थापन, सरुवा, बढुवामा कुनै राजनितिक आग्रह पुर्वाग्रह नराखिने भन्दै शिक्षाका नाममा कहि कसैले एक रुपैयाको पनि आर्थिक चलखेल गरेको पाइए आफैले अख्तियार बोलाएर कारवाहि गर्ने चेतावनी पनि दिए । ‘जहा विद्यार्थि, त्यहां शिक्षक हाम्रो अभियान हो, विद्यार्थि भएनन् भने तल्लो कक्षा मात्र होइन ११ कक्षा पनि स्थगन गर्न सकिने छ, नगरप्रमुख पाण्डेले भने, उपमहानगरपालिकाले पठाए जहांको स्कुलमा पनि जानुपर्छ, अन्यथा राजिनामा ।’ अहिले स्थगन मात्र भएको बताउंदै नगरप्रमुख पाण्डेले यदि सुधारको संकेत देखिएन भने ती स्कुलहरु पुर्ण रुपमा बन्द हुने छन् । साथै उनले तथ्यांकलाइ मित्यांक नबनाउन पनि प्रधानाध्यापकहरुलाइ चेतावनी दिए । साथै सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा व्यावस्थापकिय सुधारकालागी शिक्षकहरुको स्वमुल्यांकन प्रक्रिया पनि सुरु गर्न शिक्षा महाशाखालाइ निर्देशन दिए । त्यसकालागी शिक्षक स्वयमले एउटा फम्र्याट बनाएर आफ्नो मुल्यांकन गर्न पनि आग्रह गरे । मुलुकका ७ सय ५३ स्थानिय तहहरुमध्ये एकै शैक्षिक सत्रमा यति धेरै विद्यालयहरुमा कक्षा स्थगन गर्ने संभवतः तुलसीपुर उपमहानगरपालिका पहिलो हो । एक बर्ष पहिलेनै आवस्यक न्युनतम विद्यार्थि जुटाउन आग्रह गरिएपनि सुधार हुन नसकेपछि मात्रै विद्यालयमा कक्षा स्थगन गरिएको पनि उनले बताए । साथै यथार्थ अवस्थाको स्क्यानिङ गरी अशल शिक्षकहरुलाइ पुरस्कार र काम गर्न नसक्ने शिक्षकहरुलाइ दण्डको व्यवस्थ ागर्न पनि उपमहानगरपालिका तयार रहेको पनि नगरप्रमुख पाण्डेले बताए ।

सो अवसरमा प्रार्थमिक विद्यालयहरुमा ५ सय विद्यार्थि, आधारभुत विद्यालयमा ७ सय ५० विद्यार्थि पु¥याउने तथा माध्यमिक तहमा १ हजार विद्यार्थि पु¥याउने विद्यालयहरुलाइ भौतिक निर्माणमा उपमहानगरपालिकाले पनि आवस्यक सहयोग गर्ने बताइएको छ । साथै माध्यमिक विद्यालयहरुले आफ्नो विद्यालयमा इन्टरनेट सेवा नजोडेको भए प्रति विद्यालय १२ हजार रुपैया उपलव्ध गराउने पनि कार्यक्रममा श्रोत व्यक्ति विष्णु केसीले बताइन् । चालु शैक्षिक सत्रभित्रै उपमहानगरपालिका अन्तर्गतका सवै सामुदायिक विद्यालयहरुलाइ सुचना प्रविधिमा जोडिने पनि बताइएको छ ।

कर्यक्रममा उपमहानगरपालिका शिक्षा संयोजक देवराज विश्वकर्माले उपमहानगरपालिकाले नमुना शिक्षा ऐन पारीत गरीसकेको बताउंदै अव शैक्षिक सुधारका विभिन्न सवाललाइ समेट्नेगरी कार्यविधि बनाउन लागेको जानकारी दिए । शिक्षा महाशाखा प्रमुख भास्कर गौतमले उपमहानगरपालिकाका शैक्षिक सुधारका पक्षमा थालिएका अभियानमा हातेमालो गर्न प्रधानाध्यापकहरुलाइ आग्रह गरे । श्रोतव्यक्ति मुकुन्द रिजालले उपमहानगरपालिका भित्र सन्चालन भएका विद्यालयहरुको शैक्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण श्रोत व्यक्ति विष्णु केसीले गरेकि थिइन् ।
भेलामा उपस्थीत केहि प्रधानाध्यापकहरुले भने आफुहरु नेपाल सरकारको कर्मचारी भएकाले जहांजान पनि तयार रहेको बताउंदै स्थगनको निर्णयले साना वालवालिकालाइ समस्या भएको बताएका थिए । केहि प्रधानाध्यापकले भने स्थगनपछि शैक्षिक सुधारमा सहयोग पुग्ने आशा व्यक्त गरेका थिए । साथै शिक्षासंग संबन्धित विषयमा पनि केहि प्रधानाध्यापकहरुले गुनासा राखेका थिए ।

कक्षा स्थगन भएका विद्यालयहरु
१. प्रावि मोतीपुर, तुलसीपुर उपमहानगरपालिका—७
२. प्रावि डाडाखुट्टि, तुलसीपुर उपमहानगरपालिका—३
३. प्रावि वनहरी, तुलसीपुर उपमहानगरपालिका—४
४ं प्रावि पीरगाउं, तुलसीपुर उपमहानगरपालिका—११
५ं प्रावि घोरवण्डा, तुलसीपुर उपमहानगरपालिका—२
६ं प्रावि लुहाडवरा, तुलसीपुर उपमहानगरपालिका—१५
७. प्रावि दलजितपुर, तुलसीपुर उपमहानगरपालिका—१४
८. प्रावि भेलाही, तुलसीपुर उपमहानगरपालिका—१६
९. प्रावि कानकाटे, तुलसीपुर उपमहानगरपालिका—१७
१०. प्रावि वर्लेनी, तुलसीपुर उपमहानगरपालिका—१८
११. प्रावि हेमन्तपुर, तुलसीपुर उपमहानगरपालिका —१७
१२ प्रावि लामिदमार, तुलसीपुर उपमहानगरपालिका—४
१३. प्रावि फैदामे, तुलसीपुर उपमहानगरपालिका—५

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस