२०७९ जेठ २, सोमवार

ओलम्पिक भिलेजमा बस्ने दुई खेलाडीलाई कोरोना पुष्टि

साउन ०३, २०७८  | ५५९ पटक पढिएको

०३ साउन, काठमाण्डौ ।

टोकियो ओलम्पिक सुरु हुन ५ दिन मात्रै बाँकी रहँदा दुई खेलाडीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । ओलम्पिक भिलेजमा बस्दै आएका दुई खेलाडीमा सङ्क्रमण पाइएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ ।

सङ्क्रमित सबैको परिचय गोप्य राखिएको छ । सुरक्षित भनिएको ओलम्पिक भिलेजमै सङ्क्रमित भेटिएपछि चिन्ताको विषय बनेको छ । कडा स्वास्थ्य सुरक्षाका बीच पनि सङ्क्रमण भेटिएको हो ।

टोकियो ओलम्पिक आउँदो २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुनेछ । ओलम्पिक भिलेजमा ११ हजार खेलाडी रहनेछन् । कोरोनाकै कारण टोकियो ओलम्पिक निर्धारित समयभन्दा एक वर्षपछि हुन लागेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस