२०७८ असोज ११, सोमवार

‘मिस वर्ल्ड’मा ‘पपुलर च्वाइस’का लागि नम्रतालाई भोट

असार ३१, २०७८  | ३५० पटक पढिएको

३१ असार, काठमाडौं ।

यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् ।

‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । ‘दि हिडेन ट्रेजर’ले ‘पपुलर च्वाइस’मा नेपालको विरासत कायम राख्नका लागि सबैलाई भोट गर्न अपिल गरेको छ ।

भोटिङका लागि मबस्टार एप डाउनलोड गरेर नम्रताको फोटोहरुमा लाइक र कमेन्ट गर्न सकिनेछ । नम्रताले प्राप्त लाइक र कमेन्टको आधारमा अंक प्राप्त गर्नेछिन् ।

गतबर्ष कोरोना महामारीका कारण विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता आयोजना हुन सकेको थिएन । यो बर्ष डिसेम्बर १६ तारिखमा अमेरिकाको पुएर्तोरिकोमा यो प्रतियोगीताको आयोजना हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस