२०७९ माघ १७, मंगलबार

शारदा र जलधारा अध्यक्ष कप फुटबलको उपाधी होडमा

बैशाख १६, २०७६  | ११३३ पटक पढिएको

– लक्ष्मण बस्नेत
१६ बैशाख, तुलसीपुर (दाङ) / शारदा नगर टोल र जलधारा चौतारी टोल प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधिका लागि भिड्ने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार सम्पन्न रोमाञ्चक अनि कडा प्रतिस्पर्धात्मक सेमिफाईनल खेलमा ब्रहाथान टोललाई सर्ट एण्ड डेथमा पराजित गर्दै शारदा नगर टोलले फाईनल यात्रा तय गरेको हो । खेलको निर्धारित समयसिमा ३÷३ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा गएको थियो ।

ट्राईबेकरमा पनि नतिजा नआएपछी खेल सर्ट एण्ड डेथमा गएको थियो । खेलमा शारदा नगरका रमेश तामाङले २ गोल गरे भने विशाल खड्काले १ गोल गरे । त्यस्तै ब्रहथानका तर्फबाट पारस बस्याल र दिपक रेग्मिले समान १र१ गोल गरे भने शारदा नगरले एक सुसाईट गोल खाएको थियो ।

त्यसैगरी सोमबार नै सम्पन्न दोस्रो सेमिफाईनल खेलमा सुन्दरबस्ती टोललाई एकका विरुद्ध ३ गोल अन्तरले स्तब्ध पार्दै जलधारा चौतारी टोलले अध्यक्ष कपको उपाधी होडमा शारदा नगर टोलसँगको भिड्न्त पक्का गरेको हो । खेलमा जलधाराका दिलिप चौधरीले २ गोल गरे भने कमल खड्काले १ गोल गरे । त्यस्तै सुन्दरबस्तिका तर्फबाट सुशील केसीले सान्त्वना गोल गरे ।
फाईनल खेल मंगलबार बिहान ९ बजे पछी हुनेछ भने तेस्रो स्थानका लागि सुन्दरबस्ती टोल र ब्रहथान टोल बिच हुने आयोजकले जानकारी दिएको छ ।

स्थानीय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा नं. ७ भित्रका सात टिमहरुको सहभागिता रहेको छ । यसैबिच आयोजकले मंगलबार हुने फाईनल खेलमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी, शुभचिन्तक, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस