२०७९ जेठ २, सोमवार

दुधरासमा २ सय विरुवा रोपियो

असार ०६, २०७८  | २९९ पटक पढिएको

कपिल लामिछाने, ०६ असार, दुधरास ।

प्राकृतिक प्रकोपबाट हुने क्षतिको असरलाई मध्येनजर गर्दै आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी पृथली कुईरेसोता सिँचाई कृत्रिम जलाशय वरिपरि करिव २ सय बिरूवाहरु बृक्षारोपन गरिएको छ ।

बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत बनेको कृत्रिम जलाशयको अन्दाजी ३ बिघा क्षेत्रफलमा पृथली कुईरेसोता सिँचाई उपभोक्ता समिति, कात्तिके सामुदायिक रानी वनका करिव १ सयभन्दा बढि उपभोक्ताहरुको सहभागीतामा करिव बृक्षारोपन कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा सदस्य धन बहादुर बस्नेतले प्राकृतिक जोखिमलाई कम गर्नका लागि यसरी प्रत्येक बर्ष बृक्षारोपन गर्न सकियो भने हाम्रो माटो अन्यत्र कतै बगेर नजाने र हामीले सधै स्वच्छ अक्सिजन पाउने भन्दै यस्तो कार्यलाई वडा नं १८ ले सधै प्राथमिकता राखेको कुरा उल्लेख गरे ।

कार्यक्रममा पृथली कुईरेसोता सिँचाई जल उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतले दिनहुँ भईरहेका रुख कटानीका कारण बातावरणमा परेको असरलाई मध्येनजर गर्दै हामीले यसरी बृक्षारोपन गरेको र आगामी दिनहरुमा पनि हामीले यसरी नै बातावरणको रक्षाका लागि यस्ता कदमहरु अगाडि बढाईरहने कुरा बताए ।

उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रमको स्वागत मन्तब्य खिम बहादुर डाँगीले दिएका थिए भने कार्यक्रमको सहजीकरण कात्तिके सामुदायिक रानी बनका अध्यक्ष रेशम बहादुर बस्नेत गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस