२०७९ माघ १३, शुक्रबार

जलिय जैविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक विकास गर्ने योजना

बैशाख १५, २०७६  | १३६१ पटक पढिएको

– तिर्थराज ज्ञवाली
१५ बैशाख, मसुरीया (देउखुरी दाङ) / राप्ती नदिको जलिय जैविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक विकासका लागि आईतवार छलफल कार्यक्रम गरिएको छ ।

राप्ती गाउँपालिकामा सञ्चालन भैरहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको पानी परियोजना अन्तर्गत राप्ती गाउँपालिका गाउँकार्यपालिका पदाधिकारी तथा सरोकारवालाहरुसँग छलफल गरिएको हो ।

छलफलमा राप्ती गाउँपालिका क्षेत्र भित्रको नदी, ताल तलैया, सीमसार, जलचर, जलीय जैविक विविधताको संरक्षण गर्न, जलचर एवं जलीय जैविक विविधताको संरक्षण तथा दिगो उपयोग गर्न, जलस्रोत तथा जलचरमा आश्रित समुदाय बीचको अध्यात्मिक तथा साँस्कृतिक अन्तर सम्बन्ध तथा अन्तर निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन तथा व्यवस्थापन गरी आम नागरिकको सुविधा र आर्थिक हितको संवर्धनका लागि आवश्यक कानूनी व्यवस्था गर्न राप्ती गाउँपालिकाको गाउँसभाले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम स्वीकृत गरेको ऐनको विषयमा व्यापक बुँदागत रुपमा अध्ययन गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नदिको जलिय जैविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक विकास गर्न गरिएका प्रयास तथा आगामी योजना तथा कार्यक्रमको बारेमा समेत जानकारी तथा सल्लाह गरिएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु विद्याशरण चौधरी, जगत बहादुर थापा, चन्दर चौधरी, विष्णु बहादुर घर्तिक्षेत्रि, गोवर्धन रावत, बेदप्रसाद चौधरी, गोकर्ण राना मगर, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, सुरक्षा निकायका पदाधिकार, पत्रकारहरुको सहभागीता रहेको थियो ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको पानी परियोजनाका कार्यक्रम प्रबन्धक प्रदिप मजगैया तथा मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र पानी परियोजनाका फिल्ड संयोजक राममोती चौधरीले छलफल कार्यक्रममा सहजिकरण गरेका थिए ।

सोमबार संरक्षण केन्द्र दाङले राप्ती क्षेत्रमा गरेका विभिन्न कार्यक्रमहरुको प्रगति, अवस्थाका बारेमा अवलोकन गर्ने गराउने कार्यक्रम समेत राखेको फिल्ड संयोजक राममोती चौधरीले जानकारी दिएका छन् । जसमा जलिय जैविक विभिधता संरक्षणको प्रयास, कृषि खेति, बगर खेती, नागरिकको जीवन परिवर्तनका क्षेत्रहरु साथै जलिय जैविक विभिधता संरक्षणको प्रयासमा माछामा आश्रित परिवारको अन्य व्यवसायबाट गरिएको जीवन परिवर्तनका बारे अध्ययन तथा अवलोकन गर्ने कार्यक्रम रहेको फिल्ड संयोजक चौधरीले बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस