२०७९ असोज २१, शुक्रबार

पश्चिम दाङमा माहामारीमा युवाहरुको अग्रसरता

तारा सिंह  |  जेठ १६, २०७८  | १२६८ पटक पढिएको

सन २०१९ को नोभेम्बर १७ मा पहिलोपटक चीनमा देखिएको कोरोनाभाइरस २०२० जनवरी ५ मा वुहान विश्वविद्यालयमा अध्यनरत ३१ वर्षिय विद्यार्थीसँगै नेपाल प्रवेश गरेको थियो ।
हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ५लाख ४९ हजार नाघिसकेको र ७ हजार बढीको मृत्यु भइसकेको छ । हाल नेपालमा कोरोनाको दोस्रो लहरले जनजीवन त्रसित बनेको छ । वैशाखबाट शुरु भएको कोरोनाको दोस्रो लहरले एकातिर सामान्य स्वास्थ्य सेवाको अभावमा संक्रमितले ज्यान गुमाएका छन भने अर्कोतिर मानवीय संकट पनि निम्तिएको छ ।

वि.सं.२०७८ बैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा निषेधाज्ञा, बन्दाबन्दी जारी गरिएको छ । बन्दाबन्दीले उद्यमी व्यवसायी, मजदुर, कृषक, विभिन्न पेशा व्यवसायी लगायत सबै वर्ग तथा क्षेत्रका व्यक्तिलाई प्रत्यक्ष रुपमा असर परिरहेको छ ।

सामान्य दैनिक ज्याला मजदुर गरी जिविकोपार्जन गर्ने सर्वसाधारण नागरिकलाई मुश्किल परिरहेको छ र एकातिर कोरोनाको सिकार भइने डर छ त अर्कोतिर भोगको सिकार भइने डर यि दुईवटै डर संग सामना गरिरहेका नागरिकका लागि कोहि भोकले मर्न नपरोस भन्ने उद्देश्य बोकी दाङको शान्तिनगर गांउपालिकामा राधिका परियारको अगुवाईमा दलित युवा समाजले सामाजिक सञ्जाल मार्फत फुड बैकं अभियान संचालन गरेका छन त्यस्तै प्रदिप अधिकारीको नेतृत्वमा स्वतन्त्र युवाद्धारा कोरोना सचेतना कार्यक्रम संचालन गरेका छन भने शान्तिनगर युवा सञ्जालले पनि राहत बितरण अभियान संचालन गरेका छन । ग्रामिण क्षेत्रमा बसोबास गर्ने अति विपन्न वर्ग तथा दलित समुदायलाई लक्षित गरी संचालन गरिएको दलित युवा समाजकी अगुवा राधिका परियारले बताउनु भएको छ ।

समाजमा कोरेनाको कारणले त्रसित बनेका नागरिकहरु र दैनिक रोजगार गुमाएकाहरुलाई भोगले र रोगले छटपटिन नदिनको लागि सचेतना अभियान संचालन गरिएको अभियानका अगुवा प्रदिप अधिकारीले बताउनु भएको छ ।

स्वदेश तथा बिदेश बाट उत्साहजनक सहयोग

मानविय सेवा नै सबै भन्दा धर्म हो यतिवेला मानवले मानवलाई सहयोग गर्नु नै असल मानविय कार्य हो यस कार्यलाई मनन् गर्देै सहयोगी मनकारीहरुले सहयागी हातहरु अघि बढाएका छन । शान्तिनगर २ हाल तुल्सीपुर बस्ने जिवन खडकाको नेतृत्वमा रु १४,५८२ बराबरको खाद्य सामाग्री त्यस्तै शान्तिनगरका ७ वटै वडाका समाजसेवी, शिक्षक, व्यवसायी तथा युवाहरुले नगद तथा जिन्सी सहयोग गरेका छन । मानवीय कार्यको लागी थालनी गरेपछि सहयोगि मनहरुको उत्साहजनक सहभागी हुदोरहेछ भन्ने प्रष्ट देखियो ।

यस अभियानलाई बिदेश स्थित नेपालीहरुले परिश्रम गरेको केहि रकम सहयोग गरेका छन् । यसै क्रममा शान्तिनगर ४ हाल अमेरिकबाट बेदप्रसाद बुढाले रु २५००, मलेसिया निवासी कुमार बि.क बाट रु ३१९०, दुबई देखि दिपक बि.क बाट रु ११०० र अन्य साउदी अरेयिबा, कतार लगायत अन्य देशहरुबाट सहयोग प्राप्त भएको जानकारी अभियानका सदस्य पुर्ण बिवशले दिनुभएको छ ।

शान्तिनगर ५ हाल कतार निवासी मोहन बि.क भन्नुहुन्छ कोरोनाको कारणले कसैले पनि भोगले तडपिन नपरोस हामी अति विपन्न वर्ग तथा पछाडी पारिएका दलित समुदायको लागी सकेजति सहयोग गर्न उत्साहित छौ । हाल सम्म दलित युवा समाजबाट नगद र जिन्सी गरी जम्मा रकम रु.८९,०००, शान्तिनगर युवाहरुबाट नगद र जिन्सी जम्मा रकम रु ९०,००० शान्तिनगर युवा संञ्जालबाट नगद र जिन्सी जम्मा रकम रु ३२,००० संकलन गरिएको छ । उक्त संकलित रकम शान्तिनगर गाँउपालिकाको ७ वटै वडामा अति विपन्न वर्गका दलित असक्त असायहरुलाई आवश्यक्ताको आधारमा खाद्य समाग्री, स्वास्थ्य सामाग्री, कोरोना संक्रमितहरुलाई पौष्टिक आहार बितरण गरिएको र सचेतना अभियाज पनि संचालन गरिएको छ ।

खुसिको महशुस

भोकले र रोगले मर्न नपरोस कोरोनाको कारणले रोजगार गुमाएकाहरुका लागी राहत प्रदान गरी प्रोत्साहन गर्ने उद्धेश्यले संचालन गरिएको अभियानद्धारा राहत प्राप्त गर्नेहरुले खुसि प्रकट गरेका छन । निरन्तर बन्दाबन्दी र माहामारीमा रोजगार गुमाएर दैनिक छाक टार्न मुश्किल भईरहेको समयमा राहत प्राप्त गरी साथको अनुभुति गर्नु स्वभाविक हो ।

शान्तिनगर ४ निवासी ७० बर्षका बलबहादुर बि.क, छोरी ज्वाई संगै बस्नुहुन्छ ज्वाईको रोजगारी गुमेपछि छाक टार्न समस्या भएको थियो त्यहि बखत केहि राहत पाउदा अब बांचिने आसा गरेका छन । शान्तिनगरको सबै वडाहरुमा आवश्यकतानुसार विपन्न वर्ग दलित, अपाङग, असाय तथा एकल महिला पुरुष लाई राहत बितरण गरे पश्चात खुसि भएका नागरिकहरुले यो सिमित राहत सकिएपछि अर्को बिकल्प के हुन सक्छ भनि प्रश्न गरेको राहत बितरक कर्णदिप देबकोटाले जानकारी दिनुभयो ।

कठिन पररिस्थितीको बावजुद पनि स्थानिय युवाहरु अहोरात्र खटिई माहामारसिँग जुध्न सहयोग गर्नु सरानियकार्य हो । स्थानिय सरकारले सहयोग गरे नगरेनि हामी सहयोग गर्छौ भन्नुहुन्छ अभियानका अगुवा प्रदिप अधिकारी । माहामारीमा स्थानिय सरकार र हरेक नागरिकले आआफ्नो स्थानबाट सहयोग गर्नु नागरिक दायित्व पनि हो

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस