२०७९ माघ १३, शुक्रबार

केपिएल : घरेलु टोलीको लगातार जीत

बैशाख १४, २०७६  | ८९८ पटक पढिएको

१४ वैशाख, सुर्खेत / घरेलु टोली कर्णाली–११ वीरेन्द्रजगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा लगातार जीत हात पार्न सफल भएको छ ।

कालिञ्चोक क्रिकेट मैदानमा आज भएको खेलमा समूह ‘ए’ अन्तर्गत कर्णाली–११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै दोस्रो जीत हात पार्न सफल भएको हो । कर्णाली सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा चार विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो ।

लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिम क्रिकेट क्लबले पूरै २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो । मध्यपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन कर्णालीका लागि कृष्ण कार्कीले सर्वाधिक तीन तथा किशोर महतोले दुई विकेट लिनुभयो । कसिलो बलिङ गर्नुभएका कृष्णले चार ओभरमा एक मेडन ओभरसहित ११ रन मात्र खर्चिनुभयो । जीतेन्द्र सिंह ठकुरी र ललित प्याकुरेलले समान एक÷एक विकेट लिनुभयो ।

मध्यपश्चिमको लागि शैलेन्द्र यादवले सर्वाधिक ३१, राजवीर सिंहले ३० तथा आकाश विष्टले २३ रन बनाए पनि जितको लागि पर्याप्त रहेन । खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिनुभयो । यसअघि पहिले ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रवीन्द्रजङ्ग शाहीले अविजित ६१ रनको योगदान दिनुभयो । त्यस्तै कृष्ण कार्कीले आक्रामक इनिङ्ग खेल्दै अविजित ४६ रन बनाउन मात्र २७ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस