२०७९ मंसिर १२, सोमवार

पिके त फेरि प्रधानमन्त्री भए

जेठ ०३, २०७८  | ९७१ पटक पढिएको

मेरै काका हेर थपडी पिट्छन,
मेरै बा चौतारीमा गफ चुट्छन ।
पिके त फेरि प्रधानमन्त्री भए,
बधाई छ, मेरो प्राण छ उनलाई ।

कोभिडको चटारोमा पिसिदै,
हेर त साधारण जनता यहाँ,
हर दिन चितामा मिसिदै ।
बसेकै छन सभा
हेर तिम्रा नेता गरेकै छन मजा,

मेरै दाजु हेर दोसल्ला ओड्दै,
मेरै दिजु हेर भाषण पिट्दै ।
म त प्रचण्ड पार्टीको नेता भए,
बधाई छ, मेरो प्राण छ पार्टीलाई ।

देशकै दलालिले ती कीट किन्दा,
देखेनौ तिमिले त्यो भ्रष्टाचार ?
बिरामीले पाउने अक्सिजन,
पार्टी पार्टीमा कस्तो आचार ?
हेर त तिम्रा नेता
गाएकै छन,लाएकै छन एमसिसी ।

मेरै साथी हेर टीका लगाउदै,
मेरै भाइ हेर झण्डा उडाउदै ।
म त माकुरो गुटको अध्यक्ष
बधाई छ, मेरो प्राण छ गुटलाई ।

अस्पतालको कोठा भित्र चार थरी,
बाटोको भिड-भिडमा अनेक थरि,
जनता त नेपाली होईनन नेताली
हेर त तिम्रा नेता,
जता खान पायो त्यतै छ ताँती ।।

मेरै छिमेकी हेर बिरोध गर्दै,
मेरै आफन्ती हेर जोड गर्दै ।
सत्ता ढाल्यौ, म त खाङ्रेसको मन्त्री,
बधाई छ, मेरो प्राण छ खाङ्रेसलाई ।

चौर चौरमा हेर त जनता ढलेका,
दिनहुुँ ती घाटमा चिता जलेका
हेर त तिम्रा नेता,
चढेकै छन्, पाएकै छन् कुर्सी ।।

तिमिले त पाउछौ एउटा,
अक्सिजनको डब्बा,
बर्षौ देखि लाएकै छौ,
चाकमा पार्टिको धब्बा ।

यत्रो समय साधारण
जनता सँग खेल्यौ
राजनीति,
छाड अब पहुँच वाला
बाँचनिती ।।

-तुलसीपुर -१७, बनकट्टी ।।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस