कोभिडका बिरामीका लागि लमहीमा २५ बेडको अस्पताल सञ्चालनका लागि सबैकाम पुरा

सरद सागर देबकोटा  |  बैशाख २०, २०७८  | ११६ पटक पढिएको

२० गते,बैशाख, लमही ,

लमही नगरपालिका सहित राप्ति गढवा र राजपुर गाउपालिकाको सयुक्त आर्थिक लगानीमा लमहीमा कोभिडका बिरामीहरुलाई सेवा प्रदान गर्न २५ बेडको अस्पताल सचालनको सबैकाम पुरा भएको छ ।

देउखुरी उपत्यकाका कोरोना सक्रमित बिरामीहरुले अब अक्सिजन सहितको सेवाका लागी बाहिर जान नपर्ने भएको छ । यस अघि अक्सिजनको आबश्यकता पर्ने सक्रमितहरुलाई उपत्यका बाहिर जानुपर्ने बाध्यता थियो ।

यो सगै अब चारवटा पालिकाका सक्रमीतहरुलाई लमही नगरपालिका वडा नम्बर ५ को रातोडाडामा रहेको नेत्रस्मृति भबनलाई कोभिड अस्पताल बनाईएको र अब सोही अस्पतालबाट भेन्टिलेटर बाहेकका अन्य सेवा दिन सकिने लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसिले जानकारी दिनुभयो ।

अस्पताल सचालनका लागी देउखुरी उपत्यकाकाका ४ वटा पालिकाहरुको बिस बिस लाख गरि कुल ८० लाखको सयुक्त लगानी अस्पताल ब्यबस्थापनको काम पुरा गरिएको हो ।

बिरामीको चाप अनुसार आबश्यक चिकित्सकहरुको ब्यबस्था गरिने लमही नगरपालिकाले जनाएको छ । सो कोभिड अस्पतालमा ४० वटा अक्सिजन सिलिन्डर रहेकोले अक्सजिनको समस्या नपर्ने लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार