सरकार जोड घटाउमा व्यस्त

बैशाख १५, २०७८  | २४४ पटक पढिएको

बिश्वमा महामारिकोरुपमा देखा परेको संक्रामक रोग कोरोना भाईरसबाट आफू बच्न र अरुलाई पनि सुरक्षित राख्नु सबै मानवको कर्तव्य हो । संक्रामक रोगबाट सुरक्षित रहँदै दैनिक जीवन यापनमा सहजता ल्याउनु नै बुद्धिमानि हुनेछ ।

मानव सुरक्षित साथ बस्न पाउनु यसको नैसर्गिक अधिकार हो त्यसैले सबै मानवको उचित व्यवस्थापन राज्यले गर्न सक्नु पर्दछ । सरकारले आफ्ना नागरिकलाई सुरक्षित राख्नको लागि लकडाउन गर्नुको विकल्प थिएन । अहिले विश्वमा नै संक्रामक रोग कोरोना भाईरसबाट बच्ने अचुत उपाय लगडाउन नै रहेछ तर लकडाउन गर्दैमा सवै समस्याको समाधान हुन्छ भन्ने होईन । निश्चित ठाउँमा दैनिक उपभोग्य वस्तुको र स्वास्थ्य उपचारका उचित व्यवस्थापन भएमा मात्र लकडाउन कोरोना भाईरसबाट बच्न अचुक उपाय रहेछ ।

जनताको स्वास्थ्य उपचारको लागि उचित ब्यवस्थापन हुन सकिरहेको छैन् । ब्यवस्थापन गर्ने समय प्रशस्त थियो त्यो समयमा सत्ताकै जोड घटाउमा समय ब्यतित गरे । अझै पनि समय मै ब्यवस्थापन गर्न नसक्ने हो भने जनता सरकार बिहिनको अबस्थामा हुने छन् ।

नागरिकलाई सुरक्षित राख्नको लागि लकडाउन गरेर मात्र हँुदैन त्यसवाट उत्पन्न हुन सक्ने दुष्परिणाम भयावह हुन सक्छ । दैनिकी मजदुर गरी साँझ बिहान खर्चको जोह गर्ने नागरिकहरुको लेखाजोखा भएको छैन । दैनिक जीवनयापनको लागि ल्याएको गत सालकै ऋण चुक्ता गर्न सकिरहेका छैनन् । यसतर्फ कसैको पनि ध्यान पुगेको छैन । जीवनयापनको लागि मजदुरी गरि खाने वर्ग पनि उल्लेखनीय छ । समयमै उचित व्यवस्थापन नगर्ने हो भने रोगभन्दा भोकले मर्न सक्छन् । जनजिविकाका लागि अति आवश्यक वस्तुहरुको मूल्य प्रत्येक दिन आकासिन सक्छ यसतर्फ सबै चनाखो हुन जरुरी छ ।

संक्रामक रोगबाट आफ्ना नागरिक लागि सुरक्षित राख्नको लागि सरकारले लकडाउनसँग संगै उपभोग्य वस्तुको उचित ब्यवस्थापन गर्दै स्वास्थ्य उपचारको लागि उचित ब्यबस्थापन गर्नु पर्दछ । यो सरकारको जिम्मेवारी पनि हो । सबैको जिम्मेवारी हुँदा हुँदै पनि सरकार जनताको अभिभावक हो । सरकारले नागरिक जीवनयापनमा सहजता ल्याउनको लागि आर्थिक प्याकेजको व्यवस्था गर्नु पर्दछ । सबै भन्दा ठुलो कुरो स्वास्थ्य नै हो स्वास्थ्य सुरक्षित भए बिकास पछि हुन सक्छ तसर्थ सरकारले दैनीक जीवनयापनमा सहजता ल्याउनको लागि दैनीक मजदुरी गरी खाने विपन्न परिवार, अप्ठ्यारो परेकालाई अनुदानको व्यवस्था गर्नुको साटो सत्ता केन्द्रित भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको विवाद किनार लाग्न नपाउदै नेकपा एमालेको विवाद शुरु भएको छ । पद, प्रतिष्ठाको भागबन्डाको विषयलाई लिएर शुरु भएको विवाद समानान्तर पार्टीकोरुपमा देखा परेको छ । नेपाल कम्युनिष्ट पार्टीको विवादले झण्डै एक वर्षसम्म मुलुक अनिर्णयको बन्दि बनेको थियो फेरि एमालेको आन्तरिक किचलोले देशको राजनीति फेरि धुमलिएको छ ।

अब शीर्ष नेताहरुको नाटक मंचन अति भयो । जनता र राष्ट्रका मुद्धाहरुलाई ओझेल पार्दै आफनो विषयलाई लिएर जनतालाई गुमराहमा पारेका छन् । जनताको सोझोपनको फाइदा उठाउदै आफनो दल, गुटमा लाग्न आह्वन गरेका छन् ।

नेपाली जनताले आशा र भरोसा गरेका ठुला दलका शीर्ष नेताहरुले सार्वजनिक स्थलमा बाझबाझ गरेका छन् । केका लागि शक्ति र सत्ताको लागि । राष्ट्र, राष्ट्रियता र जनताको लागि नभई सत्तालाई केन्द्रमा राखेर सार्वजनिक स्थलमा आरोप प्रत्यारोपमा ब्यस्त छन् । नेपाली जनता मुक दर्शक भएर हेरिरहेका छन् । हुनतः मुल्यांकन कसैले गरेकै होला । अब शीर्ष नेताहरुको नाटक मंचन अति भयो । जनता र राष्ट्रका मुद्धाहरुलाई ओझेल पार्दै आफनो विषयलाई लिएर जनतालाई गुमराहमा पारेका छन् । जनताको सोझोपनको फाइदा उठाउदै आफनो दल, गुटमा लाग्न आह्वन गरेका छन् ।

आफुले चाहेको जस्तो भएन भने आधिबेरी ल्याउने चेतावनी दिएका छन् । चेतावनी कसलाई त्यो पनि थाहा छैन । बुद्धिले अरुलाई खान्छ रिसले आफुलाई खान्छ भने उखान चरितार्थ हुँदै गएको छ । अब अति भयो नाटक मंचन गरेको मंचन गर्न छोडनुस् । जनता रोग र भोकले ग्रसित छन् ।

जनताको स्वास्थ्य उपचारको लागि उचित ब्यवस्थापन हुन सकिरहेको छैन् । ब्यवस्थापन गर्ने समय प्रशस्त थियो त्यो समयमा सत्ताकै जोड घटाउमा समय ब्यतित गरे । अझै पनि समय मै ब्यवस्थापन गर्न नसक्ने हो भने जनता सरकार बिहिनको अबस्थामा हुने छन् । जनता अभिभावक बिहिन भएको महशुस हुनु राम्रो पक्ष होईन । राज्यले अभिभावकको भूमिका निर्वाह गर्न सकिरहेको छैन । यसतर्फ राज्य गम्भिर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार