२०७९ जेठ २, सोमवार

सरकारले समयमै ध्यान दिन आवश्यक

बैशाख १५, २०७८  | ३३६ पटक पढिएको

१५, वैशाख ।

यतिबेला कोरोना भाइरस(कोभिड(१९) दोश्रो चरणको महामारी फैलिएको छ । पहिलो चरणको भन्दा यस पटकले अलि बढी आक्रामकरुपमा लिएको छ । यसरी कोरोना फैलनुमा कुनै सचेत नगरिएको जस्तो छ । खासमा हाम्रो देश भारतसँगको खुल्ला सीमा भएकै कारण यस्तो भएको बुझाइ छ ।

हो केही महिना अघि अलि खुकुलोरुपमा जनमानस घुलमेल भएको थियो । कतिले त मास्कनैं लगाउन छाडिसकेका थिए । स्वास्थ्य मापदण्डको कुनै मतलबनैं राखेको देखिदैन । यता छिमेकी देश भारतबाट को कुन अवस्थामा आयो गयो कुनै लेखाजोखा नैं गरिएन । ससाना कामका लागि पनि भारतसँग सीमा जोडिएका जिल्लाका मानिसहरु जाने आउने क्रम पनि भएकै थियो । फलस्वरुप अहिले यस्तो अवस्था आएको भन्ने कतिपय नागरिकको बुझाइ पनि छ ।

विगतझैं यसपटक पनि को मानिस कहाँबाट आयो, कुन अवस्थामा छ आदिको निगरानी गर्न अति आवश्यक छ । पहिलाझैं निश्चित समय बनाएर होम कोरोन्टाइन वा कोरेन्टाइन के कसरी हुन्छ व्यवस्था गर्न आवश्यक छ । यहाँ त कोरोनाको लक्षण जस्तै देखिने मानिस चेक गराउन जाँदा पनि सार्वजनिक यातायातमा जाने गर्छ ।

कोरोना परिक्षणको रिपोट आउँन १,२ दिन लाग्यो भने उ त्यो समयमा धेरै जनासँग सम्पर्कमा आइसकेको हुन्छ । अनि पछि रिपोर्टमा पनि कोरोना संक्रमण हुन्छ । अनि यता पनि धेरै जनासँग स्वास्थ्य मापदण्ड नअपनाई सम्पर्क भैसकेको हुन्छ । हो यस्तै यस्तै कारणले यतिबेला कोरोना संक्रमण ग्रस्त भएको छ ।

हामी स्वास्थ्य मापदण्ड के कति अपनायौं भन्ने पनि महत्वपूर्ण रहन्छ । अब अतिकति सरकारले पनि यस तर्फ ध्यान दिन जरुरी छ । पछिल्लो चरणमा सरकार भनेकै के कसरी सरकार जोगाउने भन्ने तर्फ ध्यान दिन थालेका छन् । अब त्यतातिर भन्दा यता कोरोनातर्फ ध्यान दिन आवश्यक छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस