साता राशिफल

बैशाख १५, २०७८  | २५९ पटक पढिएको

बैशाख कृष्णपक्ष प्रतिपदा तिथि २०७८ बैशाख १५ गते बुधबार
सूर्योदयः ०५ः४४ सूर्यास्तः ०६ः३५
ज्यो. मेघराज आचार्य
वरिष्ठ उपाध्याक्ष

नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश
भेट्ने समयः बिहान ०७ः०० देखि ९ः३० बजेसम्म
साँझ ०४ः१५ देखि ०७ः०० बजेसम्म (बिदाको दिनमा दिन भर)
मो.नं. ९८४७८७३१४७, ९८१२८५३३२१

मेषः
१५ गते – पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ ।
१६ गते – प्रतिस्पर्धिहरूलाई पछि पार्दै अवसर हात पार्न सकिनेछ ।
१७ गते – पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ ।
१८ गते – पारिवारिक भेटघाटले भने मन प्रफुल्लित रहनेछ ।
१९ गते – स्वास्थ्यमा बाधा र केही प्रतिकूल परिस्थिति ।
२० गते – धेरैको भलाइ हुने काम समेत सम्पादन हुनेछ ।
२१ गते – ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।

वृषः
१५ गते – आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ ।
१६ गते – चिताएको काम सजिलै सम्पादन हुनेछ ।
१७ गते – मनको साथी भेटिने, प्रेमको बन्धन कसिनेछ ।
१८ गते – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।
१९ गते – मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ ।
२० गते – व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।
२१ गते – स्वास्थ्य कमजोर रहने, काम बिग्रने डरले सताउन सक्छ ।

मिथुनः
१५ गते – घरेलु समस्या देखिने, कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ ।
१६ गते – पारिवारिक असमझदारीले काममा बाधा हुने छ ।
१७ गते – प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ ।
१८ गते – अध्ययनमा खासै प्रगति हुनेछैन ।
१९ गते – विदेश यात्राको अवसर जुट्न सक्छ ।
२० गते – स्वास्थ्यका लागि भने सजग रहनुहोला ।
२१ गते – विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने छन् ।

कर्कटः
१५ गते – मिहिनेतले आँटेको काम सम्पादन हुनेछ ।
१६ गते – आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।
१७ गते – पारिवारिक असमझदारी बढ्ने हुँदा हानी होला ।
१८ गते – स्थतिमा सुधार आउनाले काम बन्नेछ ।
१९ गते – विभिन्न भौतिक साधन जुटाउन सकिनेछ ।
२० गते – मनको डर उत्साहमा रूपान्तरित हुनेछ ।
२१ गते – लगनशीलताले सफलता दिलाउनेछ ।

सिंहः
१५ गते – उतार चढावको समय रहनेछ ।
१६ गते – अवसरका र चुनौती एकसाथ आउन सक्छन् ।
१७ गते – शक्तिशाली व्यक्तिहरूलाई पछि पार्न सकिनेछ ।
१८ गते – प्रतिस्पर्धीलाई उछिन्दै लाभ उठाउन सकिनेछ ।
१९ गते – पुरुषार्थी कामले धन र मान समेत दिलाउने छ ।
२० गते – छोटो समयमा लक्ष्य प्राप्त गर्न पनि सकिनेछ ।
२१ गते – व्यापार–व्यवसायमा लाभ उठाउन सकिनेछ ।

कन्याः
१५ गते – अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ ।
१६ गते – मिहिनेतले काममा प्रगति पनि हुनेछ ।
१७ गते – पहिलेको सफलताले उत्साह जगाउनेछ ।
१८ गते – नयाँ कामको प्रस्ताव पनि आउन सक्छ ।
१९ गते – श्रमले धन आर्जन हुनेछ ।
२० गते – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ ।
२१ गते – प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन् ।

तुलाः
१५ गते – फजुल खर्च बढ्नेछ भने दौडधुपमा समय बित्नेछ ।
१६ गते – टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ ।
१७ गते – लगनशील बन्दा विभिन्न अवसरले पछ्याउनेछन् ।
१८ गते – नयाँ तथा कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।
१९ गते – विशेष उपहार प्राप्त हुन सक्छ ।
२० गते – बलजफ्ती गर्ने बानीले अप्ठ्यारोमा पार्न सक्छ ।
२१ गते – अरूको भरपर्दा काममा पनि धोका हुन सक्छ ।

वृश्चिकः
१५ गते – दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।
१६ गते – आम्दानीका स्रोतहरू बढ्नेछन् ।
१७ गते – सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ ।
१८ गते – सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ ।
१९ गते – खर्चिलो काम गर्नुपर्ने हुँदा ऋणभार बढ्न सक्छ ।
२० गते – खानपानको आनन्द प्राप्त हुनेछ ।
२१ गते – अध्ययनमा पनि प्रगति हुनेछ ।

धनुः
१५ गते – विभिन्न अवसर प्राप्त हुनेछन् ।
१६ गते – दीगो काम प्रारम्भ गर्न सकिनेछ ।
१७ गते – मेहनत गर्दा राम्रै अवसर पाइनेछ ।
१८ गते – आम्दानीका स्रोतहरु बढ्ने छन् ।
१९ गते – उपलब्धिले उत्साह जगाउनेछ ।
२० गते – परिस्थिति केही असहज बन्न सक्छ ।
२१ गते – लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला ।

मकरः
१५ गते – प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ ।
१६ गते – काम देखाएर उपलब्धि हातपार्ने मौका छ ।
१७ गते – मित्रता र प्रेमको बन्धन कसिनेछ ।
१८ गते – नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ ।
१९ गते – विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।
२० गते – काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।
२१ गते – केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने छ ।

कुम्भः
१५ गते – स्वास्थ्यमा कमजोर रहेने ।
१६ गते – सहयोगीहरू समुदायको हक हितको संरक्षण गर्न सकिनेछ ।
१७ गते – विवादास्पद काममा जुट्नु पर्ने ।
१८ गते – नाम, दाम र इनाम हातलागी हुनेछ ।
१९ गते – विशेष व्यक्तिसँग भेटघाट हुनेछ ।
२० गते – आयस्रोत सबल बन्नुका साथै दिगो काम प्रारम्भ हुनेछ ।
२१ गते – मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ ।

मीनः
१५ गते – प्रियजनसँग भेटघाट हुनाले रमाइलो रहनेछ ।
१६ गते – सोखले खर्च बढाउनेछ र यात्रामा दुःख पाइनेछ ।
१७ गते – मिहिनेतले चिताएको काम सम्पन्न हुनेछ ।
१८ गते – अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला ।
१९ गते – अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ ।
२० गते – विवादास्पद कामको बोझ थपिनेछ ।
२१ गते – परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार