२०७९ माघ १३, शुक्रबार

विद्यालयको वर्गीकरण, शुल्क र छात्रवृति निर्धारण गर्न माग

बैशाख १२, २०७६  | ९४८ पटक पढिएको

१२ वैशाख, दाङ / अनेरास्ववियु दाङले संस्थागत विद्यालयको वर्गीकरण, निर्धारित शुल्क लागू गर्न र १०५ विद्यार्थीलाई अनिवार्य निशुल्क अध्ययन गराउन निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (PABSON) दाङ समक्ष माग गरेको छ ।

आज बिहिबार अनेरास्ववियु दाङका सर्जन परियार र विराज डिसी , अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष गोविन्द वस्नेत नेतृत्वको टोलीले निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (PABSON) दाङलाई ज्ञापनपत्र बुझाउदै निजि विद्यालयको मनपरि शुल्क असुलीलाई कुनै हालतमा मान्य नहुने जानकारी गराएका छन् ।

उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरि, प्याब्सन दाङ सचिव खगेश्वर पौडेल, प्याब्सन घोराही नगर अध्यक्ष विरेन्द्र चन्दले ज्ञापनपत्र बुझेका थिए ।

रचनात्मक आन्दोलनलाई कमजोरी ठानिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

अनेरास्ववियुले यस अघि तुलसीपुर, घोराही उपमहानगरपालिका, लमहि नगरपालिका, गढवा गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस