प्रकाश सपूतको ‘मेरो पनि होइन र यो देश ?’

बैशाख १२, २०७८  | १२७ पटक पढिएको

१२ वैशाख, काठमाडौं ।

गायक प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश ?’ बोलको गीत शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन्। समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ।

सपुतले आफैं रचेको गीतमा सङ्गीत पनि उनले नै दिएका छन्। मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उनलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन्।

गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ।

सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार