त्रिकोणात्मक टी–२०: मलेसियाले पहिलो बलिङ गर्दै

बैशाख ०८, २०७८  | १३५ पटक पढिएको

०८ वैशाख, काठमाडौं ।

त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध मलेसियाले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसिया कप्तान अहमद फाइजले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा मलेसिया पराजित भएमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्ने छन् । आजको खेलमा मलेसिया विजयी भएमा पनि अन्तिम खेल विहिबार नेपालसँग खेल्ने छ । उक्त खेलमा नेपाल पराजित भएपनि नेट रनरनरेटको आधारमा फाइनलमा पुग्ने सम्भावना छ । म

नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराउँदा मलेसियालाई १५ रनले पराजित गरेको थियो । नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य ३ बल अगाडिनै ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।

मलेसियाका युवा ब्याट्सम्यान सायद अजिज, विरानदीपसिंह, कप्तान फाइज अहमद प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।

नेदरल्यान्ड्सलाई कडा चुनौती दिन विरानदीपले ८७ रनको इनिङ खेलेका थिए । नेपालविरुद्ध भने मलेसियाले कमजोर ब्याटिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार