काठमाडौंका विद्यालय एक हप्ता बन्द गर्न आग्रह

बैशाख ०३, २०७८  | १५५ पटक पढिएको

०३ बैशाख, काठमाडौँ ।

स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न तोकता गरे पनि काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाको प्रमुखस्तरको २ गतेको बसेको बैठकको निर्णयअनुसार कोभिड १९ को बढ्दोक्रम देखिएकाले कुनै विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तिमा एक हप्ता बन्द गर्ने निर्णय गरेको छ ।

बन्द विद्यालय वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गराउन काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले अनुरोध गरेको छ ।

साथै, कोरोना संक्रमणको अवस्था नरहेका विद्यालयको हकमा स्वास्थ्य मापदण्ड अपनाई अभिभावकसमेतको सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ ।

सामाजिक दूरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा जारी गरेका मापदण्डहरुको कडाइका साथ पालना गर्न विभागले अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार