बाँकेमा आगलागी हुँदा एक सय बढी घर जलेर नष्ट

चैत्र २२, २०७७  | ३३१ पटक पढिएको

२२ चैत्र, नेपालगञ्ज ।

बाँकेको खोदवा गाउँमा भएको आगलागीमा परेर एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका ४ खोदवा गाउँमा शनिबार दिउँसो दुई बजेदेखि लागेको आगो राती दुई बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करोडौँ क्षति भएको अनुमान छ । तर मानवीय क्षति भने भएको छैन । अहिले घटनास्थलमै रहेको प्रहरीले विस्तृत विवरण संकलन गर्ने काम र क्षतिको मुचुल्का उठाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार