२०७९ माघ १३, शुक्रबार

अनेरास्ववियुद्वारा शैक्षिक शुल्कका नाममा रकम असुल्ने कार्य तत्काल रोक्न माग

बैशाख ११, २०७६  | १११३ पटक पढिएको

११ बैशाख, दाङ / अनेरास्ववियु दाङले संस्थागत तथा सामुदायिक विद्यालयको वर्गीकरण र शुल्क निर्धारण गर्न स्थानीय सरकारसँग माग गरेको छ ।

अनेरास्ववियु दाङका नेता सर्जन परियार र विराज डिसी, अनेरास्ववियु केन्द्रीय राष्ट्रिय परिषद् सदस्य पवन आचार्य नेतृत्वको टोलीले बुधबार लमहि नगरपालिका प्रमुख कुल बहादुर केसी, शिक्षा समित संयोजक र गढवा गाउँपालिक उपप्रमुख शान्ता चौधरी, शिक्षा संयोजक श्याम बि.क.को उपस्थितिमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै शैक्षिक शुल्कका नाममा मनपरि रकम असुल्ने कार्यलाई स्थानीय सरकारसँग तत्काल रोक्न माग गरिएको छ ।

संविधाले समेत माध्यमिक तहको शिक्षा निशुल्क भनिराखेको अवस्थामा विभिन्न नाममा निजि तथा सामुदायिक विद्यालयले विद्यार्थीबाट मनपरि शुल्क असुलीरहेको उल्लेख गरिएको छ ।

अनेरास्ववियुले नयाँ शैक्षिक सत्र शुरु हुनै लाग्दा निजि ताथा सामुदायिक विद्यालयको वर्गीकरण गरिनुपर्ने, शुल्क निर्धारण गर्नुपर्ने, सबै बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय सरकारले पहल गर्न अपिल गरिएको छ । रचनात्मक आन्दोलनलाई कमजोरी ठानिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

अनेरास्ववियुले यस अघि तुलसीपुर र घोराही उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो । दाङका सबै स्थानीय निकायमा विज्ञप्ति बुझाइने नेता अनेरास्ववियुले जानकारी दिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस