अजोड ईन्स्योरेन्सको शाखा तुलसीपुरमा


– शरद रेग्मी
११ बैशाख, तुलसीपुर (दाङ) / दाङको तुलसीपुरमा बुधबारदेखि अजोड ईन्स्योरेन्स लिमिटेड कम्पनीको शाखा सञ्चालनमा आएको छ ।

कम्पनिले घोराही रोडमा कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको जनाएको छ । बिमा कम्पनीका डिसिओ सुरेन्द्र थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतित्थ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहहरुले जनताले जम्मा गरेको रकम सजिलोसँग प्राप्त गर्ने वातावरण श्रृजना नहुनु दुखद् कुरा भएको बताएका थिए ।
उनिहरुले बिमा कम्पनीले सुरुमा भनेझैं पैसा भुक्तानी गर्दा अनावश्यक झन्जट पैदा गर्ने गरेको समेत गुनासो गरेका थिय । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बिमल रिजाल, वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, कम्पनीका डाक्टर रामबहादुर गुरुङ, व्यवसायिहरु रन्जन गौतम, चिन्तामणि आचार्य, दोर्ण देवकोटा लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य तुलसीपुर शाखा प्रमुख शिशिर लामिछाने र सहजिकरण पत्रकार प्रमोद आचार्यले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस