२०७९ साउन ३१, मंगलबार

मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने

चैत्र १०, २०७७  | ४४१ पटक पढिएको

लक्ष्मण बस्नेत, १० चैत, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिका स्तरीय मेयर कप टी–२० क्रीकेट प्रतियोगिता २०७७ हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको व्यवस्थापनमा महेन्द्र मावि तुलसीपुरको खेलमैदानमा सञ्चालन गरिन लागेको प्रतियोगिता यही चैत २७ गतेदेखि सुरु हुुनेछ ।

तुलसीपुर क्षेत्रमा क्रिकेट खेलको विकास र विस्तारसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलले जानकारी दिए ।

भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसीपुर क्षेत्रको क्रिकेटलाई मेयर कपका माध्यमबाट चलायमान बनाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक माईकलले बताए ।

झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसीपुर उपमहानगर क्षेत्रका १९ वडाका टिमको सहभागिता हुने र खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको त्रिशिद्देश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले यतिबेला आफ्नो तयारीलाई तीव्र पारेको छ ।

उसले टिम सहभागिताका लागि पत्राचार, प्रचार प्रसार, खेलमैदान निर्माण लगायतका आन्तरिक तयारीलाई तीव्र पारेको त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब अध्यक्ष कमल डाँगीले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस