२०७९ जेठ २, सोमवार

इन्स्टाग्राममा फलो नगरेलाई म्यासेज पठाउन नमिल्ने

चैत्र ०४, २०७७  | ३४३ पटक पढिएको

०४ चैत्र, काठमाडौं ।

इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर तथा वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ ।

यसअन्तर्गत अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका (टिनएजर) किशोर प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पठाउन नपाउने भएका छन् ।

साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउँदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन पपअप गरिदिने छ ।

सेफ्टी प्रम्प्टबाट टिनेज प्रयोगकर्ताहरुले वयष्क प्रयोगकर्ताहरुविरुद्ध रिपोर्ट वा ब्लक गर्ने अप्सन पनि पाउनेछन् । सो प्रोम्प्टले युवा प्रयोगकर्ताहरुलाई म्यासेजको प्रतिक्रिया दिन दबाब महसुस नगर्न र अपरिचितलाई तस्वीर, भिडियो वा कुनै पनि जानकारी पठाउँदा सचेत रहनसमेत चेतावनी दिन्छ ।

यस किसिमको फिचर केही मुलुकमा यसै महिनादेखि उपलब्ध हुन्छ भने बाँकी विश्वमा पनि चाँडै सार्वजनिक गर्ने कम्पनीको तयारी छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस