जेलभित्रै लेखिएको पुस्तक ‘मनमुटुको ज्वाला’को बिमोचन

फागुन १४, २०७७  | १४२ पटक पढिएको

तुलसीपुर, १४ फागुन

तुलसीपुर कारगारमा कैद जीवन बिताईरहेका डिल्ली जी.एमको पुस्तक ‘मनमुटुको ज्वाला’को बिहिबार बिमोचन गरिएको छ । जीवनलाई सहि दिशामा लैजान सकारात्मक सोच हुनुपर्ने सन्देशसहितको पुस्तकको बिमोचन पिडित सेवा संघका संस्थापक निर्देशक दिनेश न्यौपाने र पिडित सेवा संघ दाङका संयोजक टोपबहादुर महताराले संयुक्तरुपमा बिमोचन गरेका हुन् ।

पुस्तकको बिमोचन गर्दै पिडित सेवा संघका संस्थापक निर्देशक न्यौपानेले पुस्तक सबैको हातमा पुग्न सके युवाहरुलाई सहि मार्गमा लैजान सकिने बताए । ‘लामो समय लगाएर जेलभित्रै लेखिएको पुस्तक निकै राम्रो छ, सबै युवाहरुले पढ्न जरुरी रहेको छ’ उनले भने–‘पुस्तकको अध्ययनले युवालाई सकारात्मक सोचमा लैजान्छ’

लेखक जीएमले जेल जीबन बिताईरहँदा पनि आफुलाई सकारात्मक दिशातर्फ लैजान पठनयोग्य र शिक्षा दिन सक्ने पुस्तक लेखेको उनले बताए । मनमुटुको ज्वाला पुस्तक पढीसकेपछि युवाहरु कुलत र अपराधिक गतिविधिबाट टाढा हुने उनको विश्वास छ । मानिसहरु सफल हुनलाई सोचलाई सधैँ सकारात्मक बनाउन आवश्यक रहेको भन्दै उनले यो पुस्तक सबैले पढ्नै पर्ने बताए । हरेक पुस्तकले सकारात्मक शिक्षा दिने भएपनि ‘मनमुटुको ज्वाला’ पुस्तकले युवालाई झनै सकारात्मक बाटोमा लैजाने उनको विश्वास छ ।

त्यस अवसरमा पिडित सेवा संघ दाङका संयोजक टोपबहादुर महताराले पुस्तकका लेखक जीएमको संघर्षमय कथाले अरु युवा सहि बाटोमा लाग्ने बताए । अहिले पनि कतिपय युवा अरुको लहलहैमा गलत बाटोमा लाग्ने गरेको उल्लेख गर्दै उनले हरेक युवाले आफुलाई सहि मार्गमा लैजान सहि शिक्षाको आवश्यकता रहेको बताए ।

जीवनमा हरेक मानिसका कमि कमजोरी हुने भएपनि शिक्षाले सहि दिशा निर्देश गर्ने उनको भनाई छ । खराब सोचले जीवन अध्याँरोतर्फ उन्मुख हुने र सकारात्क सोचलेमात्रै जीवनलाई उज्यालो गतिमा लैजान सकिन्छ भन्ने सन्देश पुस्तकमा रहेको लेखक जीएमले जानकारी दिए । समाज परिवर्तनका लागि सोचलाई सधैँ सकारात्मक बनाउन आवश्यक रहेको भन्दै उनले आफुले लेखेको पुस्तकले युवालाई धेरै परिवर्तन गर्ने बताए ।

कैदिबन्दीका छोराछोरीलाई शैक्षिक सामग्री बितरण

पिडित सेवा संघले तुलसीपुर कारागारका कैदिबन्दीका छोराछोरीलाई शैक्षिक सामग्री बितरण गरेको छ । पिडित सेवा संघका जिल्ला संयोजक टोप बहादुर महतराले ४८ जना कैदीबन्दीका छोराछोरीलाई कापी, कलम, झोला, स्कूल पोसाक लगाएतका करिब दुइ लाख पचास हजार बराबरको शैक्षिक सामग्री बितरण गरेका हुन् ।

कैदीबन्दी जिवन बिताइरहेका ब्यक्तिका सन्तानका लागि सो संघले सन् २०१३ देखि सहयोग गर्दै आइरहेकोमा यो बर्षको सहयोग भने अन्तिम चरणको सहयोग रहेको समेत संस्थाका संस्थापक निर्देशक दिनेश न्यौपानेले जानकारी दिए । साथै उनले न्युन आय भएका बालकालिकाको खाने गास समेत अप्ठेरामा परेकोे बताए ।

संघका जिल्ला संयोजक महतराले ती बालबालिकालाई आगामी दिनमा सहयोग गर्नका लागी आफु लागि पर्ने बताए । कार्यक्रममा संस्थापक निर्देशक न्यौपानेले कैदिबन्दीका छोराछोरीलाई सहयोग उपलब्ध गराएकोमा जिल्ला संयोजक महतराले धन्यबाद समेत ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस