बबईमा अपांग ब्यक्तिलाई स्वास्थ्य सामग्री वितरण

फागुन ०७, २०७७  | २२४ पटक पढिएको

७ फागुन, हापुरे ।

बबई गाउँपालिकामा १३ जना अपांग ब्यक्तिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइएनफको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको हो । हापुरेमा औपचारिक कार्यक्रम गरी उनीहरुलाई सामग्री वितरण गरिएको हो ।

प्रतिब्यक्ति ६ हजारका दरले स्वास्थ्य सामग्री वितरण गरिएको आइएनफका कृष्ण वलीले जानकारी दिए । गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेल र उपाध्यक्ष साबित्रा बिश्वकर्माले सामग्री वितरण गरेका हुन् ।

यस्तै आइएनफले बबईका १० जनालाई बाख्रा बितरण गरेको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका परिवारका सदस्यलाई बाख्रा बितरण गरिएको हो । शान्तिनगर र बबईका गरी २० परिवारलाई बाख्रा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार