केकी अधिकारीले ‘बोक्सीको घर’ बनाउँदै

फागुन ०७, २०७७  | १४३ पटक पढिएको

०७ फागुन, काठमडौं ।

अभिनेत्री केकी अधिकारीको हातमा यतिबेला २ वटा चलचित्र छन् । दुई चलचित्रमध्ये एउटा ‘कहानी तिम्रो मेरो’ र अर्काे ‘बोक्सीको घर’ ।

यी दुवै चलचित्रका निर्माता विशाल भण्डारी हुन् । ‘बोक्सीको घर’मा भने केकीले पनि निर्माणमा भण्डारीसँग साझेदारी गर्ने भएकी छन् ।

केकी र विशालको संयुक्त लगानी रहेको चलचित्र ‘बोक्सीको घर’ छायांकनको क्रममा छ । ‘कहानी तिम्रो मेरो’ भने कमेडी च्याम्पियनको दोस्रो सिजन सकिएपछि छायांकनमा जाने भण्डारीले बताए ।

दुवै चलचित्रका थिम पोस्टर सार्वजनिक गरिएको छ । आउँदो वर्ष रिलिज गर्ने लक्ष्यसहित छायांकनमा रहेको चलचित्र ‘बोक्सीको घर’को थिम पोस्टरमा केकी एक्लैलाई प्रस्तुत गरिएको छ ।

‘कहानी तिम्रो मेरो’को थिम पोस्टरमा भने केकी र निराजन प्रधान अटाएका छन् । चलचित्रका थिम पोस्टरले दुवै चलचित्रको शीर्ष भूमिकामा केकी रहने संकेत दिएको छ । ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलषण भारतीले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार