२०७९ माघ २१, शनिबार

डा.सम्राट शाहलाई Academic Excellence Award द्धारा सम्मान

बैशाख ०७, २०७६  | १४६२ पटक पढिएको

नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानद्वारा सञ्चालित बी.ए.एम.एस. परीक्षामा केन्द्रीय आयुर्वेद विद्यापीठ, वेलझुण्डी, दाङबाट सर्वाधिक अङ्क हासिल गरी उतीर्ण गरि डा सम्राट शाहलाई एक कार्यक्रमको आयोजना गरि Solution Gold Medal तथा Academic Excellence Award ले सम्मानित गरिएको छ ।

नेपाल आयुर्वेद विद्यार्थी समाजद्वारा चैत्र १३ गते बुधबार आयुर्वेद क्याम्पस, किर्तिपुरमा 1st Internationl Conference and Workshop on Marma Chikitsa 2079 (ICWN-2019) का लागि व्रण चिकित्सा निरुपण विषयमा Pre-Event Seminar कार्यक्रम सम्पन्न गरेको हो ।
भारतको कर्नाटक राज्यस्थित श्री धर्मस्थल मंजुनाथ आयुर्वेदिक कलेज (एस.डी.एम्.) बाट एम.एस्. (आयु) शल्यतन्त्र अध्ययन सम्पन्न गर्नुभएका तथा हाल नरदेवी आयुर्वेद चिकित्सालयमा शल्य विभागमा कार्यरत डा. रमेश पौडेलद्वारा प्रदान गरिएको सो सेमिनारमा कुल १२० जना बी.ए.एम.एस. अध्ययनरत विद्यार्थीहरु, ईन्टर्न डाक्टरहरु तथा प्राध्यापकहरुको उपस्थिति थियो । सोही कार्यक्रममा डा. कोपिला अधिकारीले विद्यार्थीहरुलाई ICWN-2019 का विषयमा अभिमुखीकरण समेत गरेकी थिइन ।

यसैबीच कार्यक्रममा बी.ए.एम.एस. अध्यापन हुने विभिन्न क्याम्पसहरुका विद्यार्थीहरुमध्येबाट सर्वाधिक अंक ल्याई उत्तीर्ण हुन सफल विद्यार्थीहरुको सम्मान गर्ने हेतुका साथ Solution Herbal Company Pvt. Ltd. द्वारा स्थापित तथा नेपाल आयुर्वेद विद्यार्थी समाजको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थानद्वारा सञ्चालित बी.ए.एम.एस. परीक्षामा केन्द्रीय आयुर्वेद विद्यापीठ, वेलझुण्डी, दाङबाट सर्वाधिक अङ्क हासिल गरी उतीर्ण भएकोमा Central Ayurveda Campus, Beljhundi, Dang बाट सर्वाधिक अंक ल्याउन सफल डा सम्राट शाहलाई Solution Gold Medal तथा Academic Excellence Award ले सम्मानित गरिएको हो । उनलाई आयुर्वेद क्याम्पस, किर्तिपुरका क्याम्पस प्रमुख डा. शिवमंगल प्रसादको हातबाट पदक र प्रमाणपत्र वितरण गरिएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस