२०७९ माघ १३, शुक्रबार

सहकारीलाई व्यवस्थित गर्न व्यवस्थापकिय सुधार आवश्यक

बैशाख ०७, २०७६  | १०४८ पटक पढिएको

७ बैशाख, घोराही (दाङ) / सहकारी संस्थाहरुलाई सवल बनाउन व्यवस्थापनमा सुधार आवश्यक रहेका सहभागीहरुले बताएका छन् । नमस्ते बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा घोराहीमा आयोजना गरिएको प्रथम कार्य कुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीमा सहभागीहरुले सोकुरा बताएका हुन् ।

सहभागीहरुले सुशासनमा वृद्धि गर्दै सहकारीहरुलाई बलियो बनाउन व्यवस्थापन पक्ष चनाखो हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अन्जनकुमार पौडेलको अध्यक्षता तथा नेफ्स्कुन फिल्ड कार्यालय घोराहीका सञ्चालक सुरेन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सहकारी संस्थाहरुलाई बलियो बनाउन सबै पक्षहरु जिम्मेवार रहेपनि व्यवस्थापन पक्ष चनाखो हुनुपर्ने बताए । उनले यस्ता कार्यक्रमहरुले धेरै सिकाई हुने भन्दै सबै क्षेत्रमा सुशासन पारदर्शी र संस्थालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्रथम कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाको बारेमा फिल्ड कार्यालय अधिकृत वेदप्रसाद भट्टराईले प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला वचत सहकारी संघका उपाध्यक्ष हुमा डिसी, घोराही उपमहानगरपालिका सहकारी प्रमुख प्रेम केसी, नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार शंकर गौतमलगयातले बोलेका थिए । नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमल शर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव इन्द्रबहादुर बुढाथोकीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस