२०७९ माघ २१, शनिबार

नेविसंघको स्थापना दिवसमा १३ जनाद्वारा रक्तदान

बैशाख ०६, २०७६  | १०९७ पटक पढिएको

– यमकला भुसाल
६ बैशाख, तुलसीपुर (दाङ) / नेपाल विद्यार्थी सघं तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सघंले आफ्नो ४९ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा चित्रकुमार केसी, तुलसी श्रेष्ठ, रोहन रावत, विदुरराज गौतम, राजिव पाण्डे, राघव देवकोटा, प्रकाश चौधरी, अरुण लहरे, राजकुमार केसी, प्रविन केसी, नारायण भट्टराई, यमबहादुर वलि र सुनिलबाबु डाँगी रहेका छन् ।

नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरका नगर संयोजक राजिव पाण्डेको अध्यक्षता तथा नेपाली काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जगत बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । समाजमा सेवामूलक काम गरौ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा तरुण दलका जिल्ला उपाध्यक्ष मुक्तीप्रसाद न्यौपाने, नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का सभापती बलिराम खत्री, नेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरे, सदस्य घनश्याम भण्डारी, नेपाल दलित संघका सहसचिव खेमराज बिक, अश्वार माविका उपसभापति अमृत वलि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेविसंघका नरेश वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण विद्यार्थी नेता विदुरराज गौतमले गरेका थिए । संघले हरेक वर्ष स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दे आएको छ ।

साथै यहि बैशाख ११ गतेदेखि देशैभर हुन लागेको नेपाली काँग्रेस जागरण अभियान दाङमा पनि हुने र उपस्थितिका लागी सबैमा अनुरोध गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस