२०७९ माघ २४, मंगलबार

क्यान्सर पीडित रोमहर्ष भण्डारीलाई एकलाख सहयोग, अन्यद्वारा सहयोगको याचना

बैशाख ०६, २०७६  | १११९ पटक पढिएको

– साक्षी खबर
६ बैशाख, तुलसीपुर (दाङ) / ब्लड क्यान्सर पीडित समाजसेवी रोमहर्ष भण्डारीलाई आज रिपोर्टस् क्लबमा एक कार्यक्रमका बिच भण्डारी समाजले १ लाख १६ हजार ६३५ रुपैयाँ सहयोग गरेको छ ।

मानधाता भण्डारी क्षेत्री समाजका अध्यक्ष पूर्व माननीय बुद्धिराम भण्डारीको विशेष पहलमा शुक्रबार आर्थिक सहयोग गरिएको हो ।

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले रोमहर्ष भण्डारीले यस क्षेत्रको विकासमा धेरै योगदान गरेको भन्दै सबै देश विदेशमा रहनुभएका शुभेच्छुकहरुलाई क्यान्सर पीडित भण्डारीलाई सहयोग गर्न अपिल गरेका छन् ।

सो अवसरमा बोल्दै पीडित भण्डारीले आफुलाई हरेक क्षेत्रबाट सहयोग भैरहेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो जीवन बचाईदिन सबै सँग अपिल समेत गरेका छन् ।

सो अवसरमा कार्यक्रमका विशेष अतिथि पूर्व माननीय बुद्धिराम भण्डारीले आफ्नो जीवन सधैंभरि राजनीतिक आन्दोलन र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएका क्यान्सर पीडित भण्डारीलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सहयोग सङ्कलन अभियान अझैसम्म जारि रहेको भन्दै भण्डारीको स्वास्थय लाभको कामना गरे । कार्यक्रममा समाजका सचिव पुर्ण भण्डारी लगायतकाले बालेका थिए ।

सहयोगको याचना
यता रिपोर्टस् क्लब दाङमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि विभिन्न पीडित समुदायले सहयोगको याचना गरेका छन् ।
विगत सात वर्ष देखि ब्रेनटिउमरको समस्याबाट ग्रसित तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी उर्मिला बिकले आफ्नो जीवन बचाईदिनुहुन अपिल गरेका छन् ।

यस्तै घोराहि उपमहानगरपालिका वडा नम्बर १२ का ईश्वर गुरुङ विगत ८ महिना देखि दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले रोगसँग लडिरहेका छन् । उनले पनि समाजसेवी र आफ्ना शुभेच्छुकहरु तथा देश विदेशमा रहेका आफन्तहरुबाट सहयोगका लागि पीडित परिवारले सबैसँग अपिल गरेका छन् । दुवै जना अहिले काठमाडौंका अस्पतालमा उपचाररत छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस