२०७८ कार्तिक ३, बुधवार

वक्तृत्वकला प्रतियोगिता तुलसीपुरमा सम्पन्न

माघ २१, २०७७  | ६०९ पटक पढिएको

२१ माघ, तुलसीपुर ।
सिमसार र पानी, जीवनको विभिन्न आधार, बिषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता मंलबार तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा तराइ भु-परिधि बाँके र वन्यजन्तु संरक्षण संघ नेपालको संयुक्त आयोजनामा अन्तराष्ट्रिय सिमसार दिवस २०२१ को अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका ४७ जना छात्रछात्राहरुले भाग लिएका थिए ।

प्रतियोगितामा गोर्खा बोडिङ स्कुल तुलसीपुरकी छात्रा बिनिशा बस्नेत प्रथम, ज्ञान ज्योति बोडिङ स्कुल तुलसीपुरकी छात्रा श्रीया रेग्मी द्धितिय र गुरुजजुर मावी रक्षाचौरकी छात्रा प्रतिक्षा शर्मा तृतिय भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद ७ हजार र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ५ हजार र प्रमाणपत्र र तृतिय हुनेलाई नगद ३ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगिताको निर्णायकको भुमिका बिष्णु कुमारी आचार्य, मदन देवकोटा, माधव पौडेल र जीवन आरसीले गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका निमित प्रमुख भाष्करराज गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सूचना अधिकारी बाबुराम न्यौपानेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस