२०७९ माघ १३, शुक्रबार

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बैशाख ०६, २०७६  | ८६३ पटक पढिएको

६ वैशाख, बेझाड / बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।

बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस