२०७९ माघ २६, बिहीबार

६० लाख बराबरको योजनाको अनुगमन

बैशाख ०२, २०७६  | ११७६ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२ बैशाख, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा चार वडाको पछिल्लो सम्पन्न ६० लाख बरारको रकमका योजनाको अनुगमन गरिएको छ ।

राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७५।७६को स्वीकृत वार्षिक योजना मध्यको वडा नं ५, ६, ७ र ८को योजनाहरुको अवलोकन गरिएको हो ।

वडा नं ५ को कमल रोड बाटो स्तरउन्नती तथा नाला, लट्ठहवा कुलो कल्भट वडा नं ६ को भगवानपुर बाटो बाटो स्तरउन्नती तथा नाला, वडा नं ७ को भानपुर गल्ली बाटो स्तरउन्नती तथा नाला वडा नं ८ को विजौरी कुलो पक्की निर्माणको अवलोकन गरिएको हो ।

यस आथिृक वर्षको ६० लाख बराबरको योजनाको अनुगमन गर्ने क्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, लेखा अधिकृत धन प्रसाद शर्मा, वडा अध्यक्ष जगत बहादुर थापा, गोवर्धन रावत, कार्यपालिका सदस्य तारा कुमारी चौधरी, सव ईन्जिनियर विमला भट्राई लगायतको सहभागिता रहेको थियो ।

अवलोकनको क्रममा निर्माण समिति, उपभोक्ता, जनप्रतिनिधिहरुसँग सोधपुछ समेत गरिएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस