२०७९ असार २३, बिहीबार

कोभिडमय दशैं !

कार्तिक ०५, २०७७  | ४८२ पटक पढिएको

२०७७ सालको बडादशैं आरम्भ भईसकेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष दशैंको खासै चहलपहल देखिएको छैन । त्यो एउटा हैन हरेक क्षेत्रमा कोभिडको प्रभाव रहेको देखिन्छ । व्यापारीहरु विगतका दशैंमा जस्तो व्यापार नभएको बताउँदै आएका छन् । चैतेदशैंभन्दा अघिबाट सुरु भएको कोभिड बडादशैंसम्म आइपुग्दा विकराल रुपमा देखापरेको छ । कोभिडका कारण आज लाखभन्दा बढी सङ्क्रममा परिसकेका छन् भने दैनिक यो गति तीन हजारको गतिमा बढेको छ । राज्य समेत कोभिडबाट डराएको अवस्था देखिन्छ । यस्तो अवस्थामा आफै बच्नु बाहेक अर्को उपाय केही देखिंदैन । हामी आज मठ मन्दिरमा पुगेर भीडभाडमा पूजा गरेर जब हाम्रो जीवन नै रहँदैन भने, हाम्रो जीवन रहे अर्को साल पूजाआजा गरौला । राज्यका अति भीडभाड हुने ठाउँमा सबैभन्दा बढी कोभिडको जोखिम देखापरेको छ । यस्तोे अवस्थामा यो वर्षको दशै घरमै बसेर मनाउँदा सबैभन्दा उत्तम हुनेछ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । जब हाम्रो स्वास्थ्यप्रति हामी नै सजक भएनौं भने अरु कोही कसैले मात्र सजकता अपनाएर पनि हुँदैन । दशैमा जसरी वृद्धावस्थामा पुगेका बाआमाबाट हामी टीका, आर्शिवाद थाप्ने गर्छौ । यो कोभिडको जोखिममा सबैभन्दा बढी तिनै बाआमा हुनुहुन्छ । हाम्रा कारणले ती बाआमा बाच्नुभयो भने नै आउँदो वर्षका बडादशैंमा हामी टीकाग्रहण गर्नेछौ । त्यसकारण यो वर्षको दशैं घरमै बसेर रमाऔं, घर परिवारभित्र मात्रै टीका, आर्शिवाद थापौ । दुनिया डराएको यो कोभिडबाट हामी पनि डराउनुपर्ने अवस्था आएको छ । बडादशैंको सम्पूर्ण, पाठक, विज्ञापनदाता, बुवा, आमा, दाजुबहिनी हार्दिक मङ्गलमय शुभकामना ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस