२०७९ असार २३, बिहीबार

यस वर्ष भौतिक शास्त्रतर्फको नोबेल तीन जनालाई 

असोज २१, २०७७  | ३७३ पटक पढिएको

एजेन्सी

२१ असोज, काठमाडौँ । ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन् । उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ ।

बेलायतमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका छन् । गेन्जेल र गेजले हाम्रो आकाशगङ्गाको केन्द्रमा एउटा विशाल ब्ल्याक होल भएको प्रमाण खोजेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस