२०७९ माघ १३, शुक्रबार

राप्ती बबई क्याम्पस प्रबिधियुक्त बनाउने संकल्प लिएका छौ: सञ्चालक समिति

चैत्र २६, २०७५  | १८१६ पटक पढिएको

दाङ २६ चैत, २०७५
पश्चिम दाङको एकमात्र पब्लिक क्याम्पस राप्ती बबई क्याम्पस तुलसीपुरलाई प्रबिधीयुक्त बनाउने संकल्प सञ्चालक समितिले गरेका छन् ।
झण्डै एक महिना अघि नेपाल सरकारका पूर्ब सहसचिब समेत रहेका बिष्णुकुमार देवकोटाको अध्यक्षतामा राप्ती बबई क्याम्पस सञ्चालक समिति गठन गरिएको थियो भने गत चैत १८ गते क्याम्पस प्रमुखमा युवराज रावत नियुक्त भएका थिए । नव निर्वाचित सञ्चालक समिति र नवनियुक्त क्याम्पस प्रमुखका लागि मंगलबार क्याम्पसमा आयोजना गरिएको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा भावी कार्यक्रमलाई दीर्घकालीन र अल्पकालीन गरी दुई भागमा छुट्याएर रणनीतिक योजना गराएको जानकारी गराएको छ ।

क्याम्पस संञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाले प्राथमिकतामा क्याम्पस भित्रको अनियमितालाई नियन्त्रण गरिने जानकारी दिनुभयो । यो क्याम्पसमा गरिव, बिपन्न, पहाडी भेगका बिद्यार्थीले अध्ययन गरीरहेकोले उनीहरुका अभिभाबकहरुको पसिनालाई खेर जान नदिने संकल्प गरेका थिए । अध्यक्ष देवकोटाले दोस्रो प्राथमिकतामा शैक्षिक गतिबिधिलाई ब्यबस्थीत गरिने बताए । उनले भने शिक्षण सिकाईलाई प्रबिधियुक्त बनाईने छ ।
बिद्यानाथ कोईराला र मन वाग्ले जस्ता बिज्ञहरुसंग महिनामा एक दिन मात्र भएपनि अनलाईन मार्फत शैक्षिक अन्तरक्रिया गरिने जानकारी दिए । उनले भने– त्रिबि अनुदान आयोगबाट आर्थिक सहयोग प्राप्तलाई समेत प्राथमिकरणमा वर्तमान सञ्चालक समितिले राखेको जानकारी उनले दिए । पत्रकार सम्मेलनमा सञ्चालक समितिका कोषाध्यक्ष बिनील केसीले बजारमा हल्ला भए जस्तो आर्थिक रुपमा क्याम्पस कम्जोर नभएको जानकारी गराएका थिए ।

क्याम्पसमा चालु शैक्षिक सत्रमा २३ सय ९५ जना बिद्यार्थी अध्ययनरत र त्यसको १२ प्रतिसत बिभिन्न वर्ग र समुदायका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको वताए । त्यसबाट बचेका ५७ लाख ३६ हजार ३ सय १० रुपैया राष्ट्रिय बाणिज्य बैकको चल्तीखातामा मौजाद रहेको र त्यस मध्ये शिक्षकहरुलाई करिव ३३ लाख भूक्तानी गर्दा अझै खुद बचत १५ लाख २० हजार २ सय १० रुपैया रहने कोषाध्यक्ष केसीले जानकारी गराएका थिए । नवनियुक्त क्याम्पस प्रमुख युवराज रावतले क्याम्पसलाई आंगीक बनाउन लागि परेको जानकारी दिए । २०७० चैत २५ गते तत्कालीन सांसदहरुलाई भेला गरी आंगिक क्याम्पस बनाउन पहल गरिएको जानकारी गराएका थिए । १० वटा क्याम्पस आंगिक क्याम्पसमा रुपान्तरण भई सकेको र अवको चरणमा राप्ती बबई क्याम्पस समेत गरि ८ वटा क्याम्पस आंगिक क्याम्पसमा रुपान्तरण हुने बिश्वास दिलाएका थिए ।

आंगिक क्याम्पसमा राप्ती बबई क्याम्पस रुपान्तरण हुन गए,सम्पूर्ण जिम्मेवारी बिश्वबिद्यालले लिने भएकाले आर्थिक ब्ययभारदेखि प्राध्यापक, कर्मचारी ब्यबस्थापनमा समेत सहज हुने बताए । सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मीनराज वलीले सहजिकरण क्याम्पस प्रमुख युवराज रावतले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस