२०७९ माघ १३, शुक्रबार

मिस वर्ल्ड मानुषी, रणवीरसँग रोमान्स गर्दै !

चैत्र २५, २०७५  | ११९१ पटक पढिएको

एजेन्सी, मुम्बई
बी–टाउनमा अहिले पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको फिल्ममा इन्ट्रीलाई लिएर निकै चर्चा भइरहेको छ । उनले चाँडै यशराज फिल्म्सको नयाँ फिल्ममा अभिनेता रणवीर सिंहसँग रोमान्स गर्न लागेको खबर छ । रणवीर सिंह भने अहिले कबीर खानको निर्देशनमा आफ्नो नयाँ फिल्म ‘८३’ मा व्यस्त छन् । यो क्रिकेटर कपिल देवको बायोपिक हो ।

‘पद्मावत’, ‘सिम्बा’ र ‘गली ब्वाई’ जस्ता एकसेएक सुपरहिट फिल्म दिएका रणवीर अहिले सफलताको शिखरमा छन् । उनको नयाँ फिल्मको लिस्टमा ‘८३’ र ‘तख्त’ छ । दुई ठूला बजेटका महत्वाकांक्षी फिल्म हुन् । खबरअनुसार, उनी फेरि एकपटक आफ्नो डेब्यू प्रोडक्सन हाउससँग दोस्रो पटक काम गर्ने तयारीमा छन् ।

फिल्मलाई निर्देशक मनीष शर्माले निर्देशन गर्नेछन् । यसअघि रणवीरलाई लिएर उनले ‘ब्याण्ड बाजा बारात’ पनि बनाएका थिए । मानुषी र रणवीरले भने यसअघि एक विज्ञापनमा साथमा काम गरेका थिए । दुईको केमेस्ट्रीलाई निकै रुचाइएको थियोे । अब यी दुईलाई दर्शकले सिल्भर स्क्रिनमा हेर्ने इच्छा व्यक्त गरेका छन् ।

सबै ठिक चले मानुषी छिल्लर एक अर्की मिस वर्ल्ड हुनेछिन्, जो फिल्ममा काम गर्नेछिन् । तर, बलिउड हंगामाको एक रिपोर्टका अनुसार, मानुषीले रणवीरभन्दा अगाडि फराह खानको फिल्मबाट डेब्यु गर्ने बताइएको छ । उनले यो फिल्म गर्ने फाइनल भइसकेको भारतीय मिडियाको दाबी छ । फराहको यो फिल्मलाई रोहित सेट्टीले निर्माण गर्नेछन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस