२०७९ असार २३, बिहीबार

अस्पतालमै डाक्टर

भदौ १०, २०७७  | ३१२ पटक पढिएको

एउटा बिरामी उपचारका लागि अस्पतालमा जान्छ तर अस्पतालमा डाक्टर नभएपछि ऊ रोगको निदान नै नभई घर र्फकन बाध्य हुन्छ । पछिल्लो समय हरेक क्षेत्रजस्तै सरकारी अस्पतालमा जुन समय राज्यले तोकिदिएको छ, त्यो समयमा अस्पतालमा फेला पार्न निकै मुस्किल छ । यो समस्या एउटा क्षेत्रको मात्रै होइन नेपालकै समस्याकारुपमा रहेको छ ।

खासगरी स्वास्थ्य सेवा विभागले बिहान ९ देखि अपरान्ह ४ बजेसम्म अस्पतालमै रहनुपर्ने व्यवस्था गरेको छ तर ती डाक्टरहरु सरकारीबाट तलब भत्ता बुझ्ने तर सेवा भने निजीस्तरबाट सञ्चालन भईरहेका क्लिनिकहरुबाट दिइरहेका हुन्छन् । एउटा गरिब महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा उपचार गराउन जान सक्दैन । त्यही रोग त्यही बिरामी सरकारी अस्पतालमा पुग्यो भने त्यति धेरै झन्झटिला कुराहरु व्यहोर्नु पर्दैन ।

सामान्य ज्वरो आएर कोही बिरामी निजीमा पुगोस् ल्याबका नाममा होस् वा एक्सरेका नाममा होस ब्रह्मलुट गरिन्छ । त्यो सिफारिस कर्ता त्यही डाक्टर नै हुन्छन् जो सरकारी अस्पतालमा पनि सेवा दिइरहेका हुन्छन् । स्वास्थ्य जस्तो पवित्र स्थलमा यस्ता अपवित्र कर्म व्यापारका नाममा भईरहेका छन् । यसरी संविधानले स्वास्थ्य उपचार निशुल्करुपमा व्यवस्था गरेको छ । तर जुन डाक्टरसँग जुन रोगको निदान गर्नुपर्ने हो त्यही डाक्टर सरकारी अस्पतालमा नभई निजी क्लिनिकमा भौतारिरहेको हुन्छ ।

राज्य यो अवस्थामा आफ्नो निरिहता प्रदर्शन नगरोस् तत्काल अनुगमन गरी अस्पताल समयमा नबस्ने डाक्टरहरुलाई बर्खास्त गरी नयाँ जनशक्तिलाई पदस्थापन गरोस् । एक ठाउँको सुविधा अर्को ठाउँको कर्म कदापि स्वीकार्य विषयवस्तु होइन । जहाँ सुविधा त्यही नै कर्मको व्यवस्था राज्यले गरोस् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस