२०७९ असार २३, बिहीबार

गुगलका जीमेल, गुगल ड्राइभसहित अन्य सेवा प्रभावित

भदौ ०४, २०७७  | ३७४ पटक पढिएको

४ भदौ, काठमाडौँ / गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् ।

प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन् । प्रयोगकर्ताका अनुसार जीमेल भएर फाइल पठाउन समस्या देखिएको छ । फाइल संलग्न गर्दा लामो समय लाग्ने, संलग्न नहुने र धेरै समयसम्म पर्खेपनि असफल हुने समस्या देखिएको छ । बिहान ११ बजेदेखि उक्त समस्या पहिचान गरिएको छ ।

उक्त समस्या विश्वभरि अवलोकन गरिएको छ । तर कतिपय प्रयोगकर्ताले भने आफूले प्रयोग गर्दा कुनै समस्या भोग्नु नपरेको दाबी गरेका छन् । कोभिड–१९ को प्रकोपका बीच अधिकांश राष्ट्रमा कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्ने अनुमति दिएको छ । यस्तोमा सन्देश आदानप्रदानको सबैभन्दा उपयुक्त र भरपर्दो माध्यम जीमेलमा आएको समस्याले काम नराम्ररी प्रभाबित भएको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

समस्याबारे सम्बोधन गर्दै गुगलले अनुसन्धान गरिरहेको आजै समस्याबारे अवगत् गराउने जनाएको छ । समस्या पहिचान गरेर समाधान हुने भए तत्कालै पुरानै अवस्थामा फर्किने गुगलले जनाएको छ । s. gorkhapatraonline.com

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस