२०७९ माघ २६, बिहीबार

शान्ति नगरमा नर्सरी तालिमको समापन

चैत्र २३, २०७५  | ९९३ पटक पढिएको

“सात नम्बर लाई नमुना बनाउछु” – अध्यक्ष वलि

– शरद रेग्मी
२३ चैत्र, तुलसीपुर / पश्चिम दाङको शान्तिनगर गाउपालिकामा नर्सरी तालिमको समापन गरिएको छ । तालिम समापनको अबसरमा बोल्ने वक्ताहरुले कृषिको माग दिनानुदिन बढदै गैरहेको भन्दै आधुनिक तरिकाबाट परिणाममुखि उत्पादनमा जोड दिनुपर्ने बेला आएको बताएका थिए ।

उनिहरुले जमिन, हावापानी र मौसमको पहिचान गरेर व्यवसायिक खेतिको सुरुवात गाउँगाउँबाट सुरु गर्नुपर्नेमा जोड दिएका थिए । शनिवार एक कार्यक्रमका बिच वडा नम्बर सातको आयोजनामा खैरेनिमा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पिमलाल वलिले नर्स्रि तालिममा सिकेका कुराहरुलाई किसानहरुले ब्यबहारमा उतारेर उत्पादनमुखि काममा लाग्नुपर्ने सुझाव दिए ।

उनले भन्नुभयो “हामिले सात नम्बर वडालाई नमुना र कृषिको क्षेत्रमा व्यापक परिवर्तनको अपेक्षा गरेका छौ” यसमा सबै वडाबासि र गाउँपालिकाको महत्वपूर्ण सहयोग चाहिन्छ । “कार्यक्रममा उनले वडा नम्बर सातलाई शान्तिनगरमाको वडा गराएर देखाउने समेत दावि गरे ।

सरसफाई युक्त वडाको रुपमा स्थापित गर्न जनप्रतिनिधि सहितको कमाण्डो फोर्स समेत तयारीमा राखेको भन्दै वडा कार्यालय, टोल र बजारमा एकैसाथ अभियानको सञ्चालन गर्ने तयारीमा रहेको समेत जानकारी दिए ।

तालिम समापनका अवसरमा विशेष अतिथि रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीले गाउँ गाउमा आधुनिक कृषि पेशालाई फैलाउनुपर्ने बताए ।

उनले उत्पादनका माध्यमबाट गाउँलाई शहर सङ्ग जोडनुपर्ने बेला आएको समेत धारणा राखेको थिए । कार्यक्रममा वडा कार्यालयबाट बिदाई भएर जानलाग्नु भएका वडा सचिव राजेश कुमार गुप्ताले आफु कार्यरत हुँदा सहयोग गर्नुहुने पश्चिम दाङबासि र सञ्चारकर्मीहरुलाई धन्यवाद दिएका थिए ।

सो अवसरमा कृषि प्रशिक्षकका रुपमा सहभागी तेज प्रसाद शर्माले कृषकहरुलाई कसरी बढि उत्पादन र प्रबिधिको प्रयोग गर्ने भन्नेबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वडा सदस्यहरु दुर्गा बिक, बुद्धि राज चौधरी, प्रशिक्षकहरु ललिता केसि र ओपेन्द्र बहादुर वलिले आ आफ्ना भनाइ हरु राखेका थिए । कार्यक्रमको सहजिकरण वडा सचिव ज्ञानबहादुर परियारले गरेका थिए ।

 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस