२०७९ माघ १३, शुक्रबार

जलीय जैविक विविधता संरक्षणकालागि समन्वय बैठक

चैत्र २३, २०७५  | १२५७ पटक पढिएको
– तिर्थराज ज्ञवाली
२३ चैत्र मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिकामा जलीय जैविक विविधता संरक्षणकालागि समन्वय बैठक शनिवार सम्पन्न भएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा पानी परियोजना अन्तरगत मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले सञ्चालन गरिरहेको राप्ती नदिको जली जीविक विविधता संरक्षणको माध्यमले दिगो आर्थिक विकास कार्यक्रम अन्तरगत स्थानिय तहसंगको समन्वय बैठक भएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा,  वडा अध्यक्षहरु विद्याशरण चौधरी, तारा डिसी, जगत बहादुर थापा, बेद प्रसाद चौधरी, चन्दर चौधरी, बातावरण शाखाका प्रमुख रेशमराज अधिकारी, स्थानिय जलीय जैविक विविधता संरक्षणकालागि समन्वय समितिका पदाधिकारी तथा मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका  कार्यक्रम संयोजक प्रदिप मजगैया, फिल्ड संयोजक राममोति चौधरी, सामाजिक परिचालक रामवरण यादब लगाएतको सहभागीता रहेको बैकले ६ वटा प्रस्तावमा छलफल गरि निर्णय समेत गरिएको छ ।
बैठकले राप्ती नदिमा अबैधानिक तथा असुरक्षित तवरले माछा मार्ने क्रमलाई रोक्न सुचना टास, होलीङ बोर्ड राख्ने निर्णय गरेको छ । साथै आगामी वर्ष मछुवारहरुको आर्थिक अवस्था सुधारको लागि बजेट विनियोजन गर्ने, वडा नं ६ र ७ मा गठन गरिएको समुहलाई सामुदायिक नदी हस्तान्तरण गर्ने, वडा नं १ मा पानी, माछा संरक्षण कार्यक्रम विस्तार गर्ने, वडा नं ६ को होमस्टे संञ्चालनमा सहयोग गर्ने, जलाधार, जैविक विविधता संरक्षण सम्वन्धि सरोकार वालाहरुको रोहवरमा विस्तृत कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस