२०७९ माघ २६, बिहीबार

खानेपानी सरसफाई तथा सुरक्षा योजना सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

चैत्र २२, २०७५  | १११३ पटक पढिएको

२२ चेत्र, दाङ / बिहीबार देखि शान्तिनगर दुईमा सुरु भएको खानेपानी सरसफाई तथा सुरक्षा योजना सम्बन्धी अभिमुखिकरण गोष्ठीको एक कार्यक्रमका बिच आज सप्पन्न भएको छ ।

वडा नम्बर दुईका वडा अध्यक्ष फर्साराम डाँगीको अध्यक्षता एवं शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिंह डाँगीको प्रमुख आतिथ्यता र उपाध्यक्ष मिथिला शाहको विशिष्ट आतिथ्यतामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले खानेपानी सुरक्षित गर्न सबैको जिम्मेवारी रहेकाले त्यस तर्फ ध्यान दिन पनि आग्रह गरे ।

साथै उनले पानी शुद्धिकरणमा पनि विचार पुर्याउनु पर्ने बताए । शान्तिनगर स्वास्थ्य शाखा चिराघाटको आयोजनामा सञ्चालित समापन कार्यक्रममा उपाध्यक्ष मिथिला शाह र सहभागी मेघ राज वलीले बोलेका थिए । पच्चीस जना सहभागी रहेको तालिमको प्रशिक्षकमा हरि पुन, हरिस डाँगी, कुन्दन ठाकुर, हेमराज ओलि, र घनश्याम पाण्डे रहेका थिए, भने कार्यक्रमको सहजीकरण हरि पुनले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस