गोठ भत्किदा ३० खसी, बाख्रा मरे

साउन १९, २०७७  |  ३६७ पटक पढिएको

१९ साउन, बिजौरी / तुलसीपुरमा बाख्राको गोठ भत्किदा ३० वटा खसी, बाख्रा पुरिएर मरेका छन् ।

गएराती तुलसीर –४, सिस्नेखुटी निवासी बल बहादुर खड्काले खसी बाख्रा पालन गरेको गोठ अचानक भत्किदा उक्त क्षति भएको हो ।

जम्मा ४४ खसी बाख्रा मध्य १४ वटा मात्र जीवित रहेको उनले जनाएका छन् ।

जीविकोपार्जनका लागि पालन गरेका खसी बाख्रा मरेपछि उनले चिन्तित हुँदै सम्बन्धित निकायले क्षतिपुर्ति सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार