अब बिजौरीमा शनिबार पनि बजार खोलिने

साउन १६, २०७७  |  ३४२ पटक पढिएको

१६, साउन, बिजौरी/नजिकिदै गरका चाडपर्वहरुलाई मध्य नजर गर्दै बिजौरी बजार शनिबार समेत खोलिने भएको छ । उद्योग वाणिज्य संघको शुक्रबार सम्पन्न बैठकले साउन १७ गते शनिबारदेखि बजार खोल्ने निर्णय गरेको हो । यस अघि शनिबार बिजौरी बजार बन्द हुँदै आएको थियो ।

त्यसैगरी आपत् विपद्मा परेका उद्योग वाणिज्य संघका साधारण सदस्यहरुलाई राहत समेत प्रदान गरिएको छ ।

आगलागीबाट सम्पूर्ण सामग्री नष्ट भएको प्रभा जनरल स्टोरलाई तीस हजार पाँच सय पचपन्न, उद्योग वाणिज्य संघका साधारण सदस्य बलबहादुर थापाको निधन भएको हुँदा उहाँको परिवारलाई सात हजार, साधारण सदस्य ओमप्रकाश पार्धेको पसल चोरी भएकोमा उहाँलाई बत्तीस सय र अर्को साधारण सदस्य गोङ्गु चौधरीको पसलमा चोरी भएकाले राहत स्वरुप तीन हजार सहयोग गरिएको महासचिव विदुर गौतमले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतमा सम्पन्न बैठकले सम्पूर्ण उद्योग व्यापारीहरुलाई सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिनुभयो ।

व्यापारीहरुलाई अनिवार्यरुपमा मास्क, पञ्जा, स्यानिटाइजर प्रयोग गर्न समेत आग्रह गरिएको छ । बिजौरी उद्योग वाणिज्य संघले आपत् विपद्मा परेका व्यवसायीहरुलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार